19.1 C
Kathmandu
Wednesday, October 5, 2022

झापामा ५० करोडको जग्गा बैना, डेढ करोड कमिसनको लागि ३ जनाको ह’त्या !

मोरङको धनपालथानमा दुई र ललितपुरको गोदावरीमा एकजनाको ह’ ‘त्या गर्ने आरोपीलाई प्रहरीले प्रकाउ गरी आज यहाँ सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा मोरङको धनपालथान गाउँपालिका–७ उखुबारीमा सुनसरी धरान–३ का ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तरी शम्भुनाथ–४ का ३२ वर्षीय शम्भुकुमार चौधरी शव गा’डेको र गोदावरी–१२ ठेचो चरङ्गखेलस्थित गोदाम घरमा ६३ वर्षीय, तेह्रथुम सङ्क्रान्ति –२ घर भई हाल काठमाडौँ–३ गोठाटार बस्ने मोहन लिम्बूको ह ”त्या गरी गा’डेको आरोपमा ती तीन जनालाई पक्राउ गरी यहाँ सार्वजनिक गरिएको छ ।

यसरी पक्राउ पर्नेहरूमा मुख्य आरोपी सिरहा नगरपालिका–२१ घर भई हाल काठामाडौँ बल्खु बस्ने ३१ वर्षीय अनिलकुमार मण्डल, मोरङ धनपालथान गाउँपालिका –७ का कमलपुर पश्चिम टोल बस्ने ६२ वर्षीय नासिर आलम र मोरङ जहदा गाउँपालिका–४ सिसवनी बस्ने २९ वर्षीय अमित साह भन्ने दीनानाथ सोनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिनुभयो ।

तीन जनाको ह’ ‘त्या आ’रोपमा प’क्राउ परेका अनिलकुमार मण्डलले ह’ ‘त्या जग्गा किनबेच गर्दा आउने कमिसनका कारण भएको प्रारम्भिक बयान दिएका छन् । अपराध महाशाखा काठमाडौं र मोरङ प्रहरीसमक्ष दिएको प्रारम्भिक बयानमा ह’ ‘त्याको कारण जग्गाको बैना वापत आउने कमिसन नै रहेको आरोपीले बताएका हुन् ।

प्रहरी स्रोतका अनुसार यी चारजना जग्गा व्यवसायीको समूहले झापामा ५० करोडको जग्गा बैना गराएको थियो । जग्गा कसले कसलाई गराएको स्पष्ट नभएपनि ५० करोडको जग्गा बैना गराएवापत ३ प्रतिशतले हुन आउने डेढ करोड रुपैयाँ कमिसन आउने पक्कापक्की भएको थियो । तर कमिसनका विषयमा लिम्बुले धेरै भाग खोजेपछि कमिसन एकलौटी पार्ने उद्देश्यका साथ मण्डलले पहिले लिम्बु र पछि अन्य दुई जनाको ह’ ‘त्या गराएका थिए ।

चौधरी र श्रेष्ठको ला’स गा’डे’को अवस्थामा धनपालथान गाउँपालिका–६ दिलीप सिंहरीको उखुबारीमा श’ङ्का’स्पद माघ १२ गते फेला परेको र लिम्बूको लास ललितपुर गोदावारी–१२ ठेचोमा गा’डेको अवस्थामा माघ २० गते फेला परेको थियो ।

ह’ ‘त्याका आरोपितहरूले लिम्बूलाई मङ्सिर २८ गते, श्रेष्ठलाई पुस ५ र चौधरीलाई पुस ७ गते डो’री र म’फ’लरको प्रयोग गरी ह’ ‘त्या गरी ला’स छि’टो ग’लो’स् भन्नका लागि नून प्रयोग गरेका थिए । ह’ ‘त्याका आरोपी मण्डलले आर्थिक कारोबारको वि’वा’दले ह’ ‘त्या गरेको र अन्य दुईजनालाई ह’ ‘त्या गर्न रकम प्रदान गरी सहयोग लिएको प्रहरीले जनाएको छ ।

निजहरूले तीनवटा ला’सला’ई गा’ड्न’का लागि एकै प्रकृतिको खा’ल्डो ख’न्ने र ‘पुर्नका लागि खन्ती र कोदालोको प्रयोग गरेको उपरीक्षक जिसीले जानकारी दिनुभयो । आरोपीहरूले श्रेष्ठ र चौधरीलाई गा’डे’को स्थानबाट १०० मिटर उत्तर कमलपुर जाने नहरमा ह’ ‘त्या गरेका प्रहरीले जनाएको छ । प्रहरीले ह’ ‘त्यामा प्रगोग गरिएको ६ पोका नून र एक थान कोदालो ब’रा’म’द गरेको छ ।

प्रहरी गहन अनुसन्धान र मोबाइलमा भएको कुराकानीका आ’धा’रमा आ’रोपीहरूलाई पक्राउ गर्न सफल भएको हो । आ’रो’पीमध्ये मण्डललाई यही माघ २० गते काठमाडाँै बल्खुबाट, आलम र सोनारलाई माघ २० गते विराटनगर–१७ मटेरुवा र विराटनगर–५ दामाबन्दीबाट प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताउनुभयो ।

ह’ ‘त्याका आरोपी मण्डल व्यावसायिक कामको सिलसिलामा मृत श्रेष्ठ चौधरीसँग मङ्सिर २९ गते विराटनगर आएका थिए । ह ”त्या हुनुमा प्रमुख कारणमध्ये कारोबारको रकम एकलौटी बनाउने उद्देश्य भएको हुनाले यस कार्यमा थप अन्य सहयोगी हुन सक्ने भएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।

Latest news
Related news