कैलालीको धनगढीमा युवा र प्रहरीबीच झ डप हुँदा एक जना प्रहरी इन्सपेक्टर घाईते भएका छन् । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा भएको प्रदर्शनका क्रममा धनगढीमा एमाले कार्यकर्ता र प्रहरीबीच झ डप भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि एमाले निकट अनेरास्ववियू र राष्ट्रिय युवा संघले विरोध प्रदर्शन गरेका हुन् ।
प्रहरीले रोक्न खोजेपछि अवस्था विग्रिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गर्दै राके जुलुस निकाल्न खोज्दा प्रहरीले अवरोध गरेको हो । घटनामा परी वडा प्रहरी कार्यालय धनगढीका इन्चार्ज प्रहरी निरीक्षक गौरीप्रसाद जैशी घाईते भएका छन । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
अनेरास्ववियूका जिल्ला अध्यक्ष किशोर शाहले प्रहरीले शान्तिपूर्ण आन्दोलनमा ला ठी चार्ज गरेपछि आ क्रो शित भिड र प्रहरीबीच सामान्य झ डप भएको बताए । उनले प्रहरी बल प्रयोग गरेपछि केहिबेर त ना व सृजना भएको बताए ।
अनेरास्ववियू र राष्ट्रिय युवा संघले तत्काल पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने भन्दै विरोध प्रदर्शन गरेका हुन् । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले बताएका छन ।
नेपाल आयल निगमले पेट्रोलमा मंगलबार राति १२ बजेदेखी लागुहुनेगरी प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको जनाएको छ । योसँगै अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ कायम भएको छ ।