12.7 C
Kathmandu
Friday, March 24, 2023

छाती दुखेको गुनासो गरेपछि केहि बेरमै भारतीय अभिनेताको भयो मृत्यु, अस्पतालको बेड बाट अन्तिम पटक दिएका थिए यस्तो संदेश

दिवंगत अभिनेता ओम पुरीसँग चलचित्र ‘कागरः लाइफ अन द एज’ मा अभिनय गरेका अमिताभ दयालको हृदयघातका कारण निधन भएको छ । प्राप्त जानकारी अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उनी विगत १३ दिनदेखि अस्पतालमा भर्ना भएका थिए । उनको उपचारको क्रममा २०२२ फेब्रुअरी २ मा बिहान ४:३० बजे निधन भएको थियो । यस बाहेक अमिताभले रंगदारी (२०१२) र धूम (२०१३) मा पनि अभिनय गरेका थिए।

‘विरुद्ध’ र ‘कागर’ जस्ता फिल्महरूमा काम गर्नुका साथै अमिताभ दयालले उनकी पत्नी मृणालिनी पाटिलद्वारा निर्देशित धूम (२०१३), रंगदारी (२०१२), ये दिल्लगी (२०१३) जस्ता फिल्महरूमा पनि काम गरे। अमिताभ दयालको जन्म छत्तीसगढको बिलासपुरमा भएको थियो। मृणालिनी पाटिलका अनुसार अमिताभका केही आफन्त छत्तीसगढबाट आएका छन् । त्यसपछि उनको आजै दाहसंस्कार गरिने छ ।

बुधबार बिहान ४ः३० बजे छाती दुखेको गुनासो गरेपछि उनको मृत्यु भएको हो । अभिनेताकी श्रीमतीले मृत्युको पुष्टि गर्दै अमिताभ दयाल विगत १३ दिनदेखि बिरामी रहेको बताएकी छिन् । अमिताभ दयालले दिवंगत अभिनेता ओम पुरीदेखि लिएर अमिताभ बच्चन र जोन अब्राहमसम्मका दिग्गजहरूसँग काम गरेका छन् । उनको निधनको खबर आएसँगै उद्योग जगतमा शोकको लहर छ ।

अभिनेताकी पत्नी मृणालिनी पाटिलले ‘एबीपी न्यूज’ लाई बताइन् कि उनका श्रीमानले अस्पतालमै बिहान ४:३० बजे अन्तिम सास लिए। उनलाई हृदयघात भएपछि जनवरी १७ मा अस्पताल भर्ना गरिएको थियो । उनलाई पनि को’रोना लागेको थियो । यद्यपि पछि उनी पनि निको भए । यसैबीच, अभिनेताको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा उनले अस्पतालमा जीवन हार नमान्ने कुरा गरिरहेका छन्।

Latest news
Related news