21.1 C
Kathmandu
Friday, September 30, 2022

फेरी काठमाडौंमा अर्को कहालीलाग्दो घटना

प्रहरीले काठमाडौंको मित्रपार्कमा एक युवकको शव फेला पारेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार स्थानीयले खबर गरेपछि घटनास्थलमा पुग्दा एक युवकको शव फेला परेको हो ।

घटना एक आपसमा झ’ग’डा हुँदा घटेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पशुपति क्षेत्रमा बस्ने ३८ वर्षीय रुद्रबहादुर केसी र २८ वर्षीय सुरेश दर्नाल रहेका छन् भने झ’ग’डा ग’र्ने अर्का एक जना फ’रा’र छन्।

हाल प्रहरीले मृतक युवकको मृत्यु कु’ट’पि’ट वा अन्य कारणबाट भएको भन्नेबारे थप अनुसन्धान गरिररहेको बताइएको छ । मृतकको भने परिचय पनि खुलेको छैन।

‘झ’ग’डा भएको देखिन्छ। अहिले डिटेलमा आइसकेको त छैन। हामी सिसिटिभी रेकर्डहरू पनि खोज्दैछौं,’ उनले भने, ‘मृत्युको कारण आउन बाँकी छ। मा’प’से पनि गरेको देखिन्छ।’

उनका अनुसार मृत्युको कारण पो’ष्ट’मा’र्टमपछि मात्रै खुल्नेछ। पो’ष्ट’मा’र्टमको लागि ती युवकको शव महाराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको छ। पक्राउ पर्नेहरूमा मृतकका कोही साथी थिए वा थिएनन् भन्ने पनि खुलिसकेको छैन।

यो पनि, जुम्लामा गोठालो भत्ताका लागि २६५ किसानले आवेदन दिएका छन् । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट प्रदान गरिने गोठालो भत्ताका लागी उनीहरुले आवेदन दिएका हुन् ।

पशुसेवा कार्यालयले भत्ताका लागि आवेदन दिन भेडापालक किसानलाई आह्वान गरेको थियो । कर्णाली प्रदेशले भेडापालक किसानलाई प्रोत्साहन गर्न गोठालो भत्ताको कार्यक्रम अघि बढाएको हो । कार्यालय प्रमुख गोविन्द महतका अनुसार छनौट प्रक्रिया अघि बढाइएको छ । सो विषयमा जानकारी लिन कर्मचारी किसानको घरघरमा खटाइएको छ । प्रतिवेदन आएपछि भत्ता वितरण गरिने महतले बताउनुभयो ।

पचासभन्दा बढी भेडा पाल्ने किसानलाई मासिक रु एक हजार ५०० का दरले वितरण गरिनेछ । जिल्लाका १५० किसानलाई गोठालो भत्ता दिने कार्यक्रम छ । रकम सम्बन्धित किसानको बैंक खातामा जम्मा गरिनेछ । उक्त कार्यक्रमका लागि रु ७२ लाख विनियोजन गरिएको छ ।

Latest news
Related news