13.2 C
Kathmandu
Tuesday, March 21, 2023

शोएब अख्तरले भने, ‘म विराटको ठाउँमा भएको भए कहिल्यै विवाह गर्ने थिइनँ’

विराट कोहली क्रिकेटको कप्तानीबाट हटेको र बोर्ड र उनीबीचको सम्बन्धमाथि प्रतिक्रिया दिँदै पाकिस्तानका पूर्व क्रिकेट खिलाडी शोएब अख्तरले विराट कोहलीमाथि निश्चित रुपमा प्रदर्शनको दबाब भएको बताएका छन् ।

विराट कोहली र चयन समितिको निर्णयमाथि आफ्नो प्रतिक्रिया दिँदै पाकिस्तानका पूर्व बलर शोएब अख्तरले उनले १२० सेन्चुरी बनाएपछि मात्रै उनले विवाह गरुन् भन्ने मेरो चाहना थियो ।

उनले थपे, ‘यदि म भारतमा भएको भए र मेरो स्टेटस पनि विराट कोहलीको जस्तै भएको भए म कहिले पनि विवाह गर्ने थिइनँ ।’उनले थपे, ‘म आफ्नो जिम्मेवारीलाई कहिल्यै बढाउने थिइनँ ।’यद्यपि, उनले विवाह गर्नु विराटको आफ्नो नीजि फैसला भएको पनि बताए ।

विराट कोहलीले केही दिन अघि टेस्ट टिमको कप्तानी छोड्ने निर्णय गरेका थिए । विराट कोहलीको यो घोषणाको लगभग एक महिना अघि भारतीय क्रिकेट बोर्डले दक्षिण अफ्रिकाविरुद्ध वनडे सिरिज अघि विराट कोहलीलाई वान–डेको कप्तानीबाट हटाएको थियो ।

यसअघि टी–१० विश्व कपपछि उनले टी–२० फर्मेटको कप्तानी छोड्ने निर्णय गरेका थिए । यसैबीच उनको र बार्डबीच गतिरोध र सबैकुरा ठिक नभएको खबर पनि लगातार आइरहन्थे ।

Latest news
Related news