अमेरिकामा राजेशपायल राईको सम्मान हेर्नुस्, विमानस्थल सम्मै सुरक्षाकर्मीको स्कर्टिङ - Khabar Nepali
  • सोमबार, माघ ०३, २०७८

अमेरिकामा राजेशपायल राईको सम्मान हेर्नुस्, विमानस्थल सम्मै सुरक्षाकर्मीको स्कर्टिङ

कार्यक्रमका लागि अमेरिका पुगेका गायक राजेशपायल राई विहिवार नेपाल फर्कदै छन् । उनी नेपाल फर्कन अमेरिकाको विमानस्थलमा आएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । सो तस्बिर हेर्दा लाग्छ राईले अमेरिकामा निकै सम्मान पाएका छन् । उनको कार्यक्रममा भएको एउटा घटनाले उनी निकै चर्चित भए ।

गायक राईका एक जना फ्यानले स्टेजमै चढेर अधिक माया देखाउन खोज्दा विवादित बने । त्यो घटना सुल्झाउन अमेरिकामा रहेका नेपालीहरुले राम्रो भुमिका खेले । धेरै कलाकारहरु अमेरिकामा कार्यक्रम लिएर जान्छन् तर राई भने निकै चर्चित भए । उनका समाचार नेपाली मिडियाका हेडलाइन बनेका थिए ।

अंग्रेजी नयाँवर्ष सन् २०२२ को स्वागत गर्न न्यूयोर्कमा नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा पुगेका एक फ्यानले राईले गीत गाइरहँदा मञ्चमै पुगेर हँ ठ्या ए । त्यो दु ब्र्य वहार का कारण राई निकै चर्चामा रहे । सबैतिरवाट त्यसो गर्ने पासाङदावा शेर्पालाई कारवाही गर्नुपर्ने आवाज उठेपछि राई र उनीबीच सम्झौता गराइयो । शेर्पाले शेर्पा परम्परा अनुसार र क्सी राखेर राइसंग माफी मागे ।

तर, उक्त घटनालाई लिएर आयोजक विवादित बनेको छ । घटना लगत्तै राईले न्यूयोर्क बाहेकका अन्य अमेरिकी राज्यमा कन्सर्ट पनि प्रस्तुत गरे ।न्यूयोर्क घटना भएपछि राईलाई अमेरिका लगेको आयोजकले उनको स्वदेश फिर्ती पनि भव्य ढंगले नै गरेको छ ।

राई जोनएफ केनेडी विमानस्थल पुग्दा राईलाई सुरक्षागार्डले सुरक्षा दिएको देख्न सकिन्छ । उनलाई निकै सम्मान गरिएको छ । नेपाली समुदायले राईको लागि विमानस्थलसम्मै सुरक्षागार्ड उपलब्ध गराएका थिए ।गायक राई आजै अपरान्ह त्रिभुवन विमानस्थलमा अवतरण गर्दैछन् ।

सम्बन्धित खवर