हावाको वेग झै फैलियो कोभिड, २४ घन्टामा साढे दुई लाख संक्रमित - Khabar Nepali
  • सोमबार, माघ ०३, २०७८

हावाको वेग झै फैलियो कोभिड, २४ घन्टामा साढे दुई लाख संक्रमित

भारतमा कोभिड संक्रमण हावाको वेग झै फैलिएको छ । भारतमा गत २४ घण्टामा भाइरसबाट थप दुई लाख ४७ हजार ४१७ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । हाल यहाँ पाँच हजार ४८८ जना ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्न्त्रालयले बिहीबार जानकारी दिएको छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या एघार लाख १७ हजार ५३१ रहेका छन् । गएको २४ घण्टामा भारतमा ८४ हजार ८२५ मुक्त भएका छन् । यसैसँगै सुरु भएयता हालसम्म तीन करोड ४७ लाख १५ हजार ३६१ जनालाई सङ्क्रमण निको भएको छ । यहाँ भाइरस निको हुने दर ९५.५९प्रतिशत रहेको जनाइएको छ ।

सोही अवधिमा थप ३८० को सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा ज्या’न गु’माउने व्यक्तिको सङ्ख्या चार लाख ८५ हजार ३५ जना पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।

सुरु भएदेखि हालसम्म ६९ करोड ७३ लाख भन्दा बढी व्यक्तिको परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ५४ करोड ६१ लाख भन्दा बढी डोज खोप लगाइएको छ ।

सम्बन्धित खवर