आमा हेमाको कुरा छोरी इशाले इन्कार नगरेको भए, अभिषेकको श्रीमती ऐश्वर्या हैन इशा हुन्थिन् - Khabar Nepali
  • आइतबार, माघ ०२, २०७८

आमा हेमाको कुरा छोरी इशाले इन्कार नगरेको भए, अभिषेकको श्रीमती ऐश्वर्या हैन इशा हुन्थिन्

कलाकारका प्रेमसम्बन्ध सदैव गसिपका बिषय बन्छन् । चाहे सामाजिक संजालमा हुन, वा संचारमाध्यममा उनीहरुको प्याचअपदेखि ब्रेकअपसम्मले राम्रै स्थान पाउँछन् ।

धेरै कलाकारको प्रेम कथा केवल चर्चामा मात्रै सिमित हुन्छ, केही महिना वा बर्षको अफयेयरपछि उनीहरु दुई किनारा भइसक्छन् । त्यसपछि सँगै फिल्म नखेल्नु त सामान्य नै भयो, एकले अर्काको नामै सुन्न नचाहानेसम्मको अबस्था आउँछ । बलिउडमा यस्ता केही भाग्यशाली जोडी छन रिल लाईफ र रियललाईफ दुवैमा जमे ।

यसै क्रममा बलिउड अभिनेत्री हेमा मालिनीले फिल्म उद्योगमा निकै लामो समय राज गरिन् । उनको सुन्दरताकै कारण जोकोही उनलाई ‘ड्रिम गर्ल’ मान्दछन् । अभिनेत्री धर्मेन्द्रसँग विवाह गरेकी हेमाका दुई छोरीमध्ये इशा देवल कुनै समय बलिउडमा सक्रिय थिइन् ।

हेमा इशाले आफूले रोजेको केटासँग विवाह गरुन् भन्ने चाहन्थिन् । उनी अमिताभ बच्चनका छोरा अभिषेकलाई ज्वाइँ बनाउन चाहन्थिन् । हेमा र अमिताभले कैयौं फिल्ममा सहकार्य गरेका छन् । अमिताभ हेमाका राम्रो साथी पनि हुन् । त्यहीकारण हेमा आफ्नो साथीत्वलाई पारिवारिक सम्बन्धमा रूपान्तरण गर्न चाहिन्थइन् । हेमा अभिषेकलाई नजिकबाट चिन्थिन् । किनकि अभिषेक संस्कारी र सबैलाई सम्मान गर्ने स्वभावका थिए । जुन कुराबाट हेमा प्रभावित थिइन् ।

तर, हेमाले सोचे जस्तो भइदिएन । इशा अभिषेकसँग विवाह गर्ने मामिलामा सहमत थिइनन्, त्यहीकारण पनि उनले विवाहलाई अस्वीकार गरिन् । किनकि इशा अभिषेकलाई एक भाइको पमा हेर्थिन् । यहीकारण उनले अभिषेकसँग विवाहको कुरा अस्वीकार गरिन् ।

इशाले बाल्यकालका साथीसँग विवाह गरिन् । उनका पति व्यापारी हुन् । यता अभिषेकले पूर्व मिस वर्ल्ड तथा अभिनेत्री ऐश्वर्या रायसँग विवाह गरे ।
धर्मेन्द्र /हेमा मालिनी : हिन्दी फिल्म ‘तुम हसीन मै जवान’ को सेटमा धर्मेन्द्रको डि्रम गर्ल बनेकी थिईन् हेमा मालिनी । तर, रियलमा धर्मेन्द्रको प्रस्तावलाई स्वीकारीनन् हेमाले ।

धर्मेन्द्रले हेमालाई मन पराउने कुरो हेमाका परिवारले पनि थाह पाए तर, सहजै स्वीकारेनन् । यो सब बुझेका धर्मेन्द्रले हेमालाई बिबाह गर्नकै लागि धर्म नै परिवर्तन गरे । सन् १९८० मा उनीहरुको बिबाह सम्पन्न भएको थियो ।

ऐश्वर्या/अभिषेक : ‘कुछ ना कहो’ मा काम गर्दा ऐश्वर्या र अभिषेकले एक अर्कालाई मन पराएका थिए । अर्को फिल्म ‘ढाई अक्षर प्रेम के’ मा काम गर्दा पनि स्थिती उस्तै रह्यो । ‘धुम-२’ काम गर्दा भने उनीहरु ढुकुरको जोडी जस्तो भैसकेका थिए ।

टोरन्टोमा हिन्दी फिल्म ‘गुरु’को प्रिमियर गर्न गएका बेला अभिषेकले ऐश्वर्यालाई प्रेम प्रस्ताव राखेका थिए । सन् २००७ अपि्रल २० मा उनीहरुको बिबाह भयो ।

सम्बन्धित खवर