पूर्वपति ऋतिक रोशनको जन्मदिनमा यति राम्रो शुभकामना दिइन् सुजैनले, पुनर्मिलनका लागि फ्यानले गरे आग्रह - Khabar Nepali
  • सोमबार, माघ ०३, २०७८

पूर्वपति ऋतिक रोशनको जन्मदिनमा यति राम्रो शुभकामना दिइन् सुजैनले, पुनर्मिलनका लागि फ्यानले गरे आग्रह

एजेन्सी । बलिउड अभिनेता ऋतिक रोशन र उनकी पत्नी सुजैन खानले डिभोर्स गरेको धेरै वर्ष भएको छ । उनीहरु १३ वर्ष संगै बसेका थिए । उनीहरुका २ छोरा छन् । छोराहरु ऋतिकसंग छन् । सोमवार बलिउडका ग्रीक भगवान ऋतिक रोशनको जन्मदिन हो । ऋतिक आज ४८ वर्षका भएका छन् । यस खुसीको अवसरमा उनकी पूर्वपत्नी सुजैन खानले उनलाई शुभकामना दिएकी छन् । सुजैनले ऋतिकको तस्विरबाट बनेको मन्टेज भिडियो शेयर गर्दै बधाई दिएकी छिन् ।

सुजैनले ऋतिकलाई शुभकामना दिएकी छिन्
सेयर सुजैनले यो भिडियोमा ऋतिक रोशनलाई आफ्ना छोराहरुसँग देख्न सक्नुहुन्छ। ऋतिक आफ्ना छोराहरु रेहान र हृदानसँग रमाइलो गरिरहेको देखिन्छ । भिडियो सेयर गर्दै सुजैन खानले लेखिन्, ‘ह्याप्पी ह्याप्पी बर्थडे राई। तपाईं एक अद्भुत बुबा हुनुहुन्छ। रे र रिज धेरै भाग्यशाली छन् तपाईंसंग उनीहरु निकै खुसी छन् । तपाईका सबै इच्छा र सपनाहरू पूरा होस्। मेरो तर्फवाट ठूलो आलिंगन ।

सुजैन खानको यो पोस्टमा धेरै फ्यानले कमेन्ट गरिरहेका छन् । कतिपयले उनी र ऋतिक रोशनलाई फेरि एक हुन आग्रह गरेका छन् । ऋतिक रोशन र सुजैन खान डिभोर्स पछि पनि साथीको रुपमा सँगै छन् । मिलेर छोराछोरी हुर्काइरहेका छन् । यस्तो अवस्थामा दुबै जना सँगै लंच, डिनर र बिदा मनाउन जान्छन् ।

१३ वर्ष सँगै बसेपछि उनीहरु छुट्टिएका थिए ।
ऋतिक रोशन र सुजैन खानले सन् २००० मा विवाह गरेका थिए । उनीहरुका दुई छोरा छन्– रेहान र रिदान । ऋतिक र सुजैन सन् २०१३ मा एकअर्काबाट अलग भएका थिए । सन् २०१४ नोभेम्बर महिनामा दुवैको डिभोर्स भयो । दुवैले आपसी सहमतिमा अलग भएको स्पष्ट पारेका थिए । तर, छुट्टिएपछि पनि दुवै मिल्ने साथी हुन् । सन् २०२० मा लकडाउनमा सुजैन ऋतिकको घरमा सरिन् । उनी आफ्ना बच्चाहरूसँग समय बिताउन चाहन्थिन्, त्यसैले उनले त्यसो गरिन्।

अप्ठेरो समयमा सुजैन आफ्नो घरमा बस्न आउँदा ऋतिक पनि निकै खुसी भएका थिए । उनले सुजैनलाई धन्यवाद दिएका थिए । केही दिन पहिले सुजैनको बुवाको जन्मदिनमा पनि ऋतिक पुगेका थिए । डिभोर्स पछि पनि सुजैनले ऋतिकको निकै तारिफ गर्दै स्टाटस लेख्ने गरेकी छन् । उनले ऋतिकलाई निकै राम्रो बुवा भनेर सम्बोधन गर्छिन । डिभोर्स पछि पनि दुवै जनाले फेरी कसैलाई आफ्नो जिवनसाथी रोजेका छैनन् । यस्तोमा उनीहरुलाई फेरी एक हुन सुभेक्छुकहरुले आग्रह गरिरहेका छन् ।

सम्बन्धित खवर