फेसबुकमा चिनजान भएर पहिलोपटक होटलमा पुर्यायो त्यसपछि…….. - Khabar Nepali
  • सोमबार, माघ ०३, २०७८

फेसबुकमा चिनजान भएर पहिलोपटक होटलमा पुर्यायो त्यसपछि……..

सामाजिक सञ्जालमार्फत भएको चिनजानपछि प्रेममा डुबेका किशोर–किशोरीबीचको सम्बन्ध वियोगान्त बन्दा किशोरी अस्पताल र किशोर जे ल (सुधार गृह) पुगेका छन् ।यो घटना भारतको महाराष्ट्र राज्यस्थित बैतूलको हो । शा रीरिक स म्बन्धपछि किशोरीलाई उच्च रक्त’स्राबका कारण अस्पताल नै बस्नु परेको छ । उमेरका नाबालिग किशोरबीचको फेसबुक मित्रता प्रेममा परिणत भएको थियो । मुल्ताई थाना इलाकास्थित एक गाउँमा बस्ने नाबालिग किशोरले किशोरीलाई ध म्की दिएर महाराष्ट्रको सीमावर्ती प्रभटपट्टनमा भेट्न बोलाए, त्यहाँबाट उनले ती किशोरीलाई बैतूलमा लगे । एक धार्मिक स्थलमा घुमेपछि उनीहरु होटलमा छिरे, जहाँ उनीहरुबीच शा रिरीक स म्बन्ध बन्यो ।

सहवासपछि किशोरीको स्वास्थ अवस्था बिग्रियो । प्राइभेट पार्टबाट धेरै रग त बग्न थालेपछि यी किशोरले एक निजी डाक्टर कहाँ किशोरीलाई लिएर गए । तर, ती डाक्टरले यो केस हेर्न मानेनन् । त्यसपछि बा ध्य भएर ती किशोरले जिल्ला अस्पतालमा किशोरीलाई लगे ।

जिल्ला अस्पतालले यी किशोरीको परिवारलाई उनी अस्पतालमा भर्ना भएको जानकारी दियो । त्यसपछि यी किशोरीलाई थप उपचारका लागि नागपुर लगियो । यता, पुलिसले किशोरलाई पक्राउ गरेर अहिले सुधारगृहमा पठाइएको छ ।

त्यस्तै, यो पनि पढ्नुहोस्-

दुई वर्षअघिको एउटा रिपोर्टले गोरखाको धार्चे गाउँपालिकामा साढे ५ सय भन्दा बढी जोडीले उमेर नपुग्दै विहे गरेको देखाएको छ । २०६८ देखि २०७६ सम्ममा ५ सय ६३ जोडीले २० वर्ष अगावै विहे गरेका हुन् । ‘यति छोटो अवधिमा बालविवाहको यो तथ्यांक डरलाग्दो हो । कुनै गाउँ छैन बालविवाह नभएको,’ पालिका अध्यक्ष सन्तोष गुरुङ भन्छन्, ‘बाहिर गएर यस्ता तथ्यांक भन्दा पनि लाज लाग्छ । त्यसैले यसको न्यूनिकरण गर्ने रणनीति बनाउन लागेका छौं ।’ उमेर नपुग्दै चेतनास्तर कमजोर भएकोले उमेर नपुग्दै विहे गर्ने चलन धार्चेमा व्याप्त छ ।

बालविवाह न्यूनीकरणका लागि सामाजिक अभियन्ता एलिजा गुरुङलाई सद्भावनादूत नै नियुक्त गरिएको छ । ‘मान्छे सचेत छैनन् । सामाजिक सन्जालमा कुरा गरेर विहे गर्ने चलन छ,’ उनले भने, ‘अभिभावकको पनि दोष छ । आफ्ना बालबच्चा के गरिरहेका छन् भनेर कहिलै खोजी गर्दैनन् ।’ पालिकाले सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष गुरुङले बताए ।

सद्भावनादूत नियुक्त गरिएकी एलिजा कम उमेरमा हुने विवाहले मुख्यतः स्वास्थ्य समस्या बढी देखिएको बताउछिन् । ‘म सबैको घरमा पुगेको छु । उनीहरुको समस्या टिपेको छु । धेरैजसोको स्वास्थ्यमा समस्या देखिएको छ,’ उनले भनिन्, ‘कोही पाठेघरको क्यान्सरबाट पीडित छन् । कोही भने कुपोषण र अपाङ्गताको सिकार भएका छन् ।’ बच्चा जन्माउने बेलामा कतिपय आमा र बच्चा दुवैको मृत्यु भएका घटना पनि उनले सुनाइन् ।

त्यसबाहेक आर्थिक सामाजिक रुपमा कमजोर हुने गरेको उनको तर्क छ । ‘विहे पछि पढाई छोड्छन्, पैसा कमाउन लाग्छन् । मानसिक रुपमा तयार हुँदैनन् । आर्थिक अभावले केटा विदेशिनुपर्छ,’ एलिजा अघि भन्छिन्, ‘बच्चा, आमा र बुबा नै जोखिममा हुन्छन् । आमाकै शरिर कमजोर हुँदा बच्चा कस्तो होला र?’अधिकांशको १५ देखि १७ वर्षको उमेरमा विहे भएको उनले जानकारी दिइन् ।

यसलाई रोक्न गैर सरकारी संस्था गुड नेवर्सले पनि सहयोग गरेको छ । ‘विवाह भएर दुख पाएका भिडियो देखाएर अरुलाई सचेत गराउन लागेका छौं । टोलटोलमा बालविवाहको कानुनी, व्यवहारिक र शारीरिक समस्याबारे जानकारी गराउने योजना बनाएका छौं,’ अध्यक्ष गुरुङले भने, ‘संघ संस्थाहरुको सहयोग मागेका छौं । माथिल्ला सरकारलाई पनि भनेका छौं ।’

अहिले पनि वर्षेनी बाल विवाह भैरहेको छ । सोमबार बसेको कार्यपालिका बैठकले बालविवाह न्यूनीकरण गर्न रणनीतिक योजना बनाउने र वडास्तरीय बाल संरक्षण समिति गठन गर्ने निर्णय गरेको छ ।

सम्बन्धित खवर