२८ दिनपछि जेलवाट घर फर्कदा शाहरुख खानका छोरा आर्यनको गरियो भब्य स्वागत , हेर्नुहोस यस्तो थियो माहोल (भिडियो सहित्) - Khabar Nepali
  • बिहिबार, मङि्सर १६, २०७८

२८ दिनपछि जेलवाट घर फर्कदा शाहरुख खानका छोरा आर्यनको गरियो भब्य स्वागत , हेर्नुहोस यस्तो थियो माहोल (भिडियो सहित्)

शाहरुख खानका छोरा आर्यन खान जेलमा २८ दिन बिताएपछि अन्ततः घर फर्किएका छन् । आर्यन खानलाई उच्च अदालतले २८ अक्टोबरमा जमानत दिएको थियो । यसपछि शनिबार शाहरुखका अंगरक्षक आर्थर रोड जेल पुगेर आर्यनलाई घर ल्याएका थिए । आर्यनको घर मन्नतबाहिर फ्यानले ड्रम बजाएर आर्यनलाई स्वागत गरेका थिए । यससँगै फ्यानहरुले पनि सामाजिक सञ्जालमा खुशी व्यक्त गरिरहेका छन् ।

आर्यन खानलाई फ्यानहरुले स्वागत गरेका छन्
यो खबरले शाहरुख खान र आर्यन खानका फ्यानहरु निकै खुसी भएका छन् । आर्यन खान ट्वीटरमा चर्चामा छन् । उनलाई फ्यान र सामाजिक सञ्जाल प्रयोगकर्ताले स्वागत गरिरहेका छन् । आर्यन जेलबाट रिहा भएर स्वदेश फर्किएकामा फ्यानहरुले उनलाई बधाई दिएका छन् । योसँगै धेरै प्रयोगकर्ताहरु भावुक पनि भएका छन् । एक फ्यानले ट्वीट गरे, ुसिम्बा घर आउँदैछ।ु त्यसैले अर्कोले लेखे, ुवेलकम होम प्रिन्स।ु

आर्यन खानलाई एनसीबीले असोज २ गते पक्राउ गरेको थियो । आर्यनसँग कुनै पनि त्यस्ता चिज फेला परेको छैन । तर एनसीबीले उनलाई अन्तर्राष्ट्रिय ब्यक्तिहरुसंग सम्पकए रहेको आरोप लगाएको थियो। यो आरोपका लागि उनले आर्यनको फोनबाट प्राप्त ह्वाट्सएप च्याटलाई उद्धृत गरेका थिए । अक्टोबर २८ मा अधिवक्ता मुकुल रोहतगीले उच्च अदालतमा आर्यन जमानतमा पक्ष राखेपछि न्यायाधीश साम्ब्रेले उनलाई जमानत दिएका थिए । यसका लागि १४ शर्त पनि राखिएको छ ।

आर्यन खान सुपरस्टार शाहरुख खानका जेठा छोरा हुन् । आर्यन पक्राउ परेपछि शाहरुख र उनकी श्रीमती गौरी निकै दुखी भए । शाहरुख र गौरीलाई उद्योगका साथीहरू र परिवारका सदस्यहरूले समर्थन गरेका थिए। शाहरुख आफैंले पनि आर्यनको मु द्दामा आफ्ना वकिलहरूसँग छलफल गरेका थिए । आर्यन खान घर आएपछि मन्नतमा उत्सवको माहोल छ ।

भिडियो

सम्बन्धित खवर