यी मोडेल जसले आफ्नै पिताको श'व अगाडि यस्तो हर्कत गरेपछी तस्बिर बन्यो भाइरल, आखिर के गरिन उनले जसले गर्दा संसार छक्क पर्यो ? - Khabar Nepali
  • शुक्रबार, मङि्सर १७, २०७८

यी मोडेल जसले आफ्नै पिताको श’व अगाडि यस्तो हर्कत गरेपछी तस्बिर बन्यो भाइरल, आखिर के गरिन उनले जसले गर्दा संसार छक्क पर्यो ?

अमेरिकाको फ्लोरिडामा बस्ने २० वर्षकी फिटनेस मोडल जेने रिवेरा आजकाल चर्चामा छिन् । जेनेले आफ्ना पिताको शवको अगाडि पोज दिँदै फोटो खिचाएकी छिन् र त्यसलाई इन्टाग्राममा सेयर पनि गरेकी छिन् । तस्बिर भाइरल भएपछि जेनमाथि मानिसले आलोचना गर्दै कमेन्ट गर्न थाले । त्यसपछि जेनले अकाउन्ट नै रिमुभ गरिन् । तर अहिले पनि मानिस सोसल मिडियाका विभिन्न प्लेटफर्ममा मोडललाई ट्रोल गर्दै तथानाम भनिरहेका छन् ।

जेनेका अकाउन्टको स्क्रिनसट नै सेयरः

जेनेले सोसल मिडियामा आलोचनात्मक कमेन्ट सहन नसकेर आफ्नो अकाउन्ट नै डिलिट गरेकी छिन् । तर जेनेको उक्त तस्बिरका स्क्रिनसट मानिसले लिन भ्याइसकेका थिए । अब यो सोसल मिडियामा व्यापक चर्चाको विषय बनेको छ । एक प्रयोगकर्ताले लेखे, ‘यी इन्स्टाग्राम मोडलको पिताको निधन भएको छ र उनले पिताको शवको अगाडि फोटोसुट गरेकी छिन् । ’ अर्का एक ट्वीटर प्रयोगकर्ताले लेखे, ‘के मैले एक संकीर्णतावादी र प्रदर्शनकारी संस्कृतिको समस्याबारे कुरा उठाएको हुँ ।’ यस्तै, अर्का एकजनाले लेखे, ‘यस्ता लाग्छ कि मानिसहरुले आफ्नो सबै भद्रता गुमाइसकेका छन् । ’

रिवेराले दिइन् स्पष्टिकरणः

जेने रिवेराले एनसीबी न्यूजसँग कुरा गर्दै यसबारे स्पष्टिकरण दिएकी छिन् । रिवेराले आफ्नो बचाउ गर्दै भनिन्, ‘ म मानिसहरुको भावनालाई बुझ्छु । तर तस्बिर सकारात्मक उद्देश्यले खिचिएको थियो । मेरा पिता हुनुभएको भए उहाँले यसको समर्थन गर्नु हुन्थ्यो ।’

यस्तै रिवेराको मिडिया समूहले भनेको छ, ‘प्रत्येक मानिसले आफ्ना प्रिय जनलाई गुमाउनुको पीडालाई आफ्नो तरिकाले सम्हाल्ने गर्छन् । केही मानिसहरु पारम्परिक तरिका अपनाउँछन् । मैले यो पललाई उत्सवको रुपमा मनाएँ किनभने मेरा पिता मसँगै छन् भन्ने मलाई लाग्छ । ’ रिवेराको पिताको निधन उनको ५६ औं जन्मदिनभन्दा दुई दिनअघि भएको थियो ।

सम्बन्धित खवर