४ छोराछोरीका बुवा क्रिस्टियानो रोनाल्डो फेरी जुम्ल्याहा सन्तानको बुवा बन्दै - Khabar Nepali
  • शुक्रबार, मङि्सर १७, २०७८

४ छोराछोरीका बुवा क्रिस्टियानो रोनाल्डो फेरी जुम्ल्याहा सन्तानको बुवा बन्दै

म्यान्चेस्टर युनाइटेडका स्टा र फ’वा र्ड क्रिस्टियानो रोनाल्डो फेरी जुम्ल्याहा सन्तानको बाबु बन्ने भएका छन् । उनकी प्रेमिका जर्जिना रोड्रिगेजले फेरि जुम्ल्याहा सन्तानलाई जन्म दिने भएकी छन् । सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत बिहिबार रोनाल्डो र उनकी प्रेमिका जर्जिना रोड्रिगेज जम्ल्याहा सन्तानको आशमा रहेको बताएका छन् ।

उनीहरुले यो समाचार पुष्टि गर्दै लेखेका छन्,‘ हामी जुम्ल्याहा सन्तानको आशा गरेका छौँ भनेर घोषणा गर्न पाउँदा खुसी छौँ । हाम्रो हृदय प्रेमले भरिएको छ, ‘हामी तिमीलाई भेट्न आतुर छौँ ।’ रोनाल्डोका अहिले चार सन्तान छन्। उनको ११ वर्षीय क्रिस्टियानो जुनियर, चार वर्षका जुम्ल्याहा मारिया र मेटियो र तीन वर्षीया छोरी अलाना मार्टिना गरी चार सन्तान छन्।

बिहीबार रोनाल्डोले इन्स्टाग्राममा गरेको पोष्टले तीन घण्टामा १६।७ मिलियन लाइक कमाएको थियो । यसै सिजन ट्रान्सफर विन्डोको अन्त्यमा युभन्टसबाट १२ वर्ष पछि युनाइटेड फर्किएका रोनाल्डोले सबै प्रतियोगितामा ९ खेल खेल्दै ६ गोल गरेका छन् ।

सम्बन्धित खवर