भरतपुरमा बोलेरोले स्कुटरलाई ठ’क्क’र दिँदा एक शिक्षिकाको मृत्यु - Khabar Nepali
  • बिहिबार, मङि्सर १६, २०७८

भरतपुरमा बोलेरोले स्कुटरलाई ठ’क्क’र दिँदा एक शिक्षिकाको मृत्यु

भरतपुरमा बोलेरोले स्कुटरलाई ठ’क्क’र दिँ’दा एक शिक्षिकाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर ५ विकास चोककी सुलोचना ढकाल रहेकी छिन् । ना ६० प ९९०७ नम्बरको स्कुटरमा सवार ढकाललाई ब ३ च ४०३८ नम्बरको बोलेरेले आज दिउँसो साँढे दुई बजे कल्याणपुरमा ठ’क्क’र दिएको ट्राफिक कार्यालयले जनाएको छ । ठ’क्क’रबाट घाइते भएकी ढकाललाई चितवन मेडिकल कलेज (सिएमसी) ल्याइए पनि उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । ढकाल गुञ्जानगर मावि भरतपुरकी शिक्षिका समेत हुन् ।

त्यस्तै, सप्तरीको राजगढ गाउँपालिका नर्घोकी दश वर्षीया निलम मण्डल केही समयअघिसम्म विद्यालय जान अल्छी गर्थिन् । विद्यालयको कुरा गर्यो कि लुकिहाल्थिन् । तर अहिले उनीलाई बिद्यालय जाउ भन्नै पर्दैन । विद्यालय कति बेला जान पाइन्छ भनेर कुरेर बस्छिन् । बिहान नौ बज्यो कि खुशी हुँदै कितावकापी बोकेर बिद्यालयतर्फ कुदिहाल्छिन् । उनका काका श्यामप्रित मण्डलले भने, ‘बोर्डिङ्ग स्कुलमा भर्ना गरेका थियौं । जति फकाउँदा पनि विद्यालय जान मान्दैन थिइन् । दिक्क भइसकेका थियौं ।’ केही समयअघि स्थानीय सामुदायिक विद्यालयमा त्यहीँ अध्ययनरत दाजु नितेशसँग गइछन् । त्यहाँ सबै विद्यार्थीले दिवा खाजा खाएको देखिछन् । यहाँ पढ्न आए त खाजा पनि खान पाइने रहेछ भन्ने परेछ । त्यसपछि त उनी एक दिन पनि बोर्डिङ स्कुल नगएको काका श्यामप्रितले बताए ।

उनले थपे, ‘उनी मात्रै होइन छिमेकका सबै नानीबाबुलाई सामुदायिक विद्यालयको दिवा खाजाले तानेको छ । रूँदै विद्यालय जाने बालबालिका अहिले खुशी हुँदै जान्छन् ।’ राजविराज नगरपालिका–१ को राजदेवी माविमा कक्षा ४ मा अध्ययनरत दीपक रजक पनि दिवा खाजाको लोभमा बिद्यालय जाने गरेको आमा दुर्गादेवी रजकले बताइन् । उनले भनिन्, ‘दीपकलाई निजी बिद्यालयमा भर्ना गरेका थियौं । विद्यालय जानै मान्दैन्थ्यो । सामुदायिक विद्यालयमा भर्ना गरेदेखि बिद्यालय जाउँ भन्नै पर्दैन् ।’ दिवा खाजाले विपन्न समुदायका बालबालिकालाई विद्यालयको लत नै लगाइदिएको उनको भनाइ छ ।

यसैगरी सप्तरी बिष्णुपुर गाउँपालिकाका स–साना बालबालिका पनि दिवा खाजाको लोभमा विद्यालय जाने गरेको स्थानीय बुलन्ती सदाले बताइन् । उनले भनिन्, ‘मेरो जेठो छोरा सात वर्ष र छोरी पाँच वर्षका भए । उनीहरू दुवै जना नजिकैको सामुदायिक बिद्यालय पढ्छन् । उनीहरूलाई विद्यालय जाउँ भन्नै पर्दैन । उनले भनिन्, ‘विद्यालयमा टिफिनमा नास्ता दिन्छ भन्दै कुद्छन् ।’ उनले आफू पढेलेखा नभएको र छोराछोरी विद्यालयमा पढ्छन् की के गर्छन थाहा नभएको पनि बताइन । तर दिवा खाजाले छोराछोरीलाई विद्यालय जाने लत लागेको उनको भनाइ छ । हाम्रो समुदायका अरु बालबालिका पनि खुशी हुँदै बिद्यालय गएको देख्दा दिवा खाजाको प्रभाव सामुदायिक बिद्यालयमा बढेको महशुस भएको बुलन्तीको भनाइ छ ।

विद्यार्थी पनि बढेका छन् : यादव
नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष दिनेशप्रसाद यादवले विद्यालयमा दिवा खाजाको सकारात्मक प्रभाव परेको बताए । उनले भने, ‘दिवा खाजा शुरू भएदेखि विद्यालयमा १ देखि ५ सम्मको विद्यार्थीको संख्या बढेको छ ।’ ग्रामीण भेगमा यसको प्रभाव झनै बढेको छ । विद्यार्थीलाई टिकाइराख्न यसले झन सहयोग गरेको अध्यक्ष यादवको बुझाइ छ । विद्यार्थीहरूको टिफिन टाइममा भाग्ने क्रियाकलाप पनि ह्वात्तै घटाएको छ । उनले थपे, ‘खाजाको गुणस्तरीयतामा पनि सम्बन्धित निकायले ध्यान दिनु जरूरी छ । प्रत्येक विद्यार्थीका लागि १५ रूपैयाँको दरले खाजा भत्ता आउँछ । यो एकदमै थोरै हो ।’

स्थानीय नगरपालिका र गाउँपालिकाले पनि यसको रकम दुरुपयोग हुन नदिन अनुगमन गर्न जरुरी रहेको विष्णुपुर गाउँपालिका–६ का मुकेश सदाले बताए । उनले भने, ‘हाम्रो समुदायमा बसोवास गर्ने कति बालबालिकालाई दुई छाक खान पनि समस्या छ । भोक टार्न दिवा खाजाको लोभमा बालबालिका विद्यालय जाने गरेका छन् ।’ किसान र मजदुरी गर्ने परिवार यहाँ बढी छन्, हुनेले पनि समयमा पकाएर दिन सक्ने अवस्था नभएपछि दिवा खाजाले भोक टार्न पनि सहयोग गरेको मुकेश सदाको भनाइ छ । उनी थप्छन्, ‘दिवा खाजामा थप रकम दिएर पौष्टिक खाजामा ध्यान दिन जरुरी छ ।

सम्बन्धित खवर