‘मलाई थुन्नु’ भन्दै पुरुष जब आफै प्रहरी कार्यालय पुगेपछी…. - Khabar Nepali
  • शनिबार, मङि्सर १८, २०७८

‘मलाई थुन्नु’ भन्दै पुरुष जब आफै प्रहरी कार्यालय पुगेपछी….

अधिकांश मानिसहरूका लागि जेल जानु भनेको स्वतन्त्रता खोस्ने कार्य हो। तर त्यहाँ एक व्यक्ति जो चाहन्छन् कि उनलाई जेलमा राखियोस् । उनी घरमा श्रीमतीसंग बस्नु भन्दा जेलमा बस्न उचित ठान्छन् । घरमै थुनिएका व्यक्तिले आफूलाई जेल पठाउन प्रहरीलाई आग्रह गरेका छन् । श्रीमतीसँग घरमा बस्नुभन्दा जेलमा बस्नु राम्रो भएको ति ब्यक्तिको भनाई छ । यो घटना इटालीको गुइडोनिया मोन्टेसेलियो नामक क्षेत्रमा भएको हो ।

स्थानीय प्रहरीले ३० वर्षीय पुरुषले आफुलाई जेल हाल्न अनुरोध गरेको पुष्टि गरेको छ। मूल रूपमा अल्बानियाका ती पुरुषले आफ्नी श्रीमतीसँग घरमा बस्न निकै पी डा दायी हुने बताएका छन् । ड्रग घटनामा उनी केही महिनादेखि घरमै थुनिएको प्रहरीले जनाएको छ । उनी अझै केही वर्ष घरमै नजरबन्दमा बस्नुपर्ने थियो ।

‘म अब सहन सक्दिन’ । प्रहरी चौकी पुगेपछि ती व्यक्तिले प्रहरीलाई भने– ‘सुन्नुहोस्, मेरो घरेलु जीवन नरक बनेको छ । म अब सहन सक्दिन। म जेल जान चाहन्छु। सोही क्रममा घरबाट बाहिर निस्केको भन्दै प्रहरीले तत्कालै पक्राउ गरेको थियो । यसपछि न्यायिक अधिकारीले उक्त व्यक्तिलाई जेल हाल्ने आदेश पनि दिएका थिए ।

यो घटनालाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले धेरै प्रतिक्रिया दिएका छन् । उखानलाई उद्धृत गर्दै एकजना पुरुषले भनेका थिए– झ ग डा गर्ने महिलासँग बस्नुभन्दा निर्जन मरुभूमिमा बस्नु राम्रो हो । त्यही क्रममा एक प्रयोगकर्ताले लेखे–यो व्यक्तिले घरमा आफ्नो भागको काम पूरा गर्न सके, त्यसैले बिदा मागेको जस्तो लाग्छ । त्यही क्रममा अर्का प्रयोगकर्ताले ती व्यक्तिलाई डिभोर्स गर्न सल्लाह दिएका छन् ।

सम्बन्धित खवर