जिम गर्दागर्दै ढ’लेका थिए पुनित राजकुमार, अस्पताल पुर्याउंदा डाक्टरले गरिदिए मृत घोषणा - Khabar Nepali
  • बिहिबार, मङि्सर १६, २०७८

जिम गर्दागर्दै ढ’लेका थिए पुनित राजकुमार, अस्पताल पुर्याउंदा डाक्टरले गरिदिए मृत घोषणा

कन्नड सुपरस्टार अभिनेता पुनित राजकुमारको हृ’दयघा’तका कारण निधन भएको छ । उनको निधन ४६ वर्षको उमेरमा बैंगलुरूस्थित बिक्रम हस्पिटलमा बिहीबार भएको हो । जिममा रहेका पुनित अ’चानक ढ’लेपछि उनलाई तत्काल हस्पिटल लगिएको थियो । उनको उपचारमा संलग्न डाक्टर रंगनाथ नायकद्वारा जारी स्टेटमेन्ट अनुसार उनलाई छातीमा दुखाइ भएपछि ११ बजेर ३० मिनेटमा अस्पताल ल्याइएको थियो । उहाँलाई अस्पतालमा ल्याउँदा अवस्था बिग्रिसकेको थियो ।

पुनितले आफ्नो करियरको सुरुवात बाल कलाकारको रुपमा गरेका थिए ।शिव राजकुमारका दाई समेत रहेका पुनितले सन् १९७६ बाट बाल कलाकारको रुपमा अभिनय सुरू गरेका थिए । सन् १९८५ मा उनी फिल्म ‘बेट्टाडा होवू’ मा देखिएका थिए । यो भूमिकाका लागि उनले थुप्रै अवार्ड पनि पाएका थिए । उनलाई अन्तिम पटक फिल्म ‘सुवारत्थना’ मा देृखिएको थियो । पुनितका पिता राजकुमार साउथ इन्डियन सिनेमाका आइकन थिए । उनी कन्नड फिल्म इन्डष्टिका पहिलो अभिनेता थिए जसले दादासाहेब फाल्के अवार्ड पाएका थिए ।

उनको गत अप्रिलमा युवराथना नामक फिल्म रिलिज भएको थियो । जेम्स नामक उनको फिल्म छायांकन भरहेको छ । पुनितको मृत्युको खबर सार्वजनिक भएसँगै कलाकारहरूले सामाजिक संजालमार्फत श्रद्धान्जली व्यक्त गरिरहेका छन् ।

सम्बन्धित खवर