साउथ ईन्डियन सिनेमा इन्डस्ट्रीका एक उत्कृष्ट अभिनेताको ४६ बर्षको उमेरमा निधन - Khabar Nepali
  • शनिबार, मङि्सर १८, २०७८

साउथ ईन्डियन सिनेमा इन्डस्ट्रीका एक उत्कृष्ट अभिनेताको ४६ बर्षको उमेरमा निधन

कन्नड सुपरस्टार पुनीत राजकुमारको ४६ वर्षको उमेरमा हृदयघातका कारण शुक्रबार निधन भएको छ । हृदयघात भएपछि उनलाई बेंग्लोरको विक्रम अस्पतालमा भर्ना गरिएको थियो । पुनीत दिवंगत अभिनेता राजकुमारका छोरा थिए । उनी फ्यानमाझ ‘अप्पु’ नामले परिचित थिए । अस्पतालमा भर्ना भएका पुनीतको निधन भएको भारतीय मिडियाले पुष्टी गरेका छन् ।

प्रख्यात टेलिभिजन प्रस्तोता पुनीत बाल कलाकारका रुपमा करियर सुरुवात गरेका थिए । उनी कन्नड फिल्ममा सर्वाधिक कमाई गर्ने अभिनेताको सूचीमा सूचीकृत थिए ।

क्रिकेटर वैंकटेश प्रसादले उनको निधनको पुष्टि गरेका छन् । उनले २९ भन्दा बढी कन्नड चलचित्रमा काम गरेका थिए । उनको ४६ बर्षको उमेरमा निधन भएको मिडियाले उल्लेख गरेका छ । पुनीतले आफ्नो करिअरको सुरुवात बाल–कलाकारको रुपमा गरेका थिए । उनले राष्ट्रिय अवार्ड समेत पाइसकेका थिए ।

सम्बन्धित खवर