जेलमा शाहरुख पुत्र आर्यनको अवस्था नाजुक, केहि दिनदेखि बिस्कुटको भरमा - Khabar Nepali
  • शुक्रबार, मङि्सर १७, २०७८

जेलमा शाहरुख पुत्र आर्यनको अवस्था नाजुक, केहि दिनदेखि बिस्कुटको भरमा

महलजस्तो घरमा बस्ने अभिनेता शाहरुख खानका छोरा आर्यन खान यतिबेला जेलमा छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनी आर्थर रोड जेलमा बसेको हफ्ता दिन भन्दा बढी भएको छ । यही अक्टोबर ८ दिउँसोदेखि उनलाई उक्त जेलमा ल्याइएको हो। यसैबीच जेलमा कैद आर्यनको अवस्था दिनप्रतिदिन दयनीय हुँदै गएकाे खबर सार्वजनिक भएको छ। जेल स्रोतका अनुसार आर्यनले जेलमा आएदेखि खाना ठीकसँग खाइरहेका छैनन्। उनले पछिल्ला दिनदेखि क्यान्टिनबाट किनिएको बिस्कुट (पार्लेजी) खाएर बाँचिरहेका छन्।

केह दिनअघि मुम्बईबाट गोवा जाँदै गरेको क्रुज पानीजहाजमा ड्र’ ‘ग्स पार्टी गरिरहेका बेला आर्यनसहित ८ जनालाई पक्राउ गरिएको हो। यस प्रकरणमा अहिलेसम्म २० भन्दा बढी व्यक्ति पक्राउ परिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। लागुपदार्थ मामिलामा पक्राउ परेका बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यनले यो साता आफ्ना बुवाबाट चार हजार पाँच सय भारू नगद पाएका छन्। भारतीय सञ्चारमाध्यम एनडिटिभीका अनुसार हिरासतमा रहेकालाई उनीहरूको घरबाट उपलब्ध गराउन सक्ने सबभन्दा धेरै रकम यति नै हो।

यो रकमबाट आर्यनले खाना र अन्य सामानहरू मगाउन सक्नेछन्। आर्यन हाल मुम्बईको अर्थर रोड जेलमा छन्। उनको सुनुवाइ अक्टोबर २० तारिकमा मात्र हुनेछ।

सम्बन्धित खवर