12.7 C
Kathmandu
Thursday, March 23, 2023

कोच अलमुताइरीले आफ्नो प्रतिबन्धलाई अन्यायपुर्ण भन्दै फुटबलको नियम राखेर साफलाई सम्झाए पछि

साफ च्याम्पियनसिप २०२१ को उपाधिका लागि नेपाल र भारत आज भिड्दै छन्। नेपाली फुटबलका लागि आज विशेष रहनेछ। साफमा पहिलोपटक फाइनल पुगेको नेपाललाई आज भारतलाई पराजित गर्दै इतिहास रच्ने मौका छ। तर प्रशिक्षक अल्मुताइरीलाई भने प्रशिक्षक क्षेत्रमा बस्नलाई प्रतिबन्ध लगाइएको छ ।

यसैकारण नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भने आजको खेल गुमाउने भएका छन्। प्रतियोगिताको लिग चरण दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले उनीमाथि प्रतिबन्ध लगाएको हो। यस्तै, भारतका प्रशिक्षक इगोर स्टिमेक पनि प्रतिबन्धमा परेका छन्। भारतीय प्रशिक्षक स्टिमेकले माल्दिभ्सविरुद्धको खेलमा रातो कार्ड पाएका कारण उनी ‘डगआउट’ मा हुने छैनन्। दुवैले टेक्निकल एरियामा रहेर आफ्ना खेलाडीलाई निर्देशन दिन पाउने छैनन।

नेपाल २८ वर्षपछि पहिलो पल्ट फाइनल खेल्दैछ। नेपालले सुरुआती दुई प्रतिस्पर्धामा माल्दिभ्स र श्रीलंकालाई हराएको थियो। त्यस्तै, नेपाल भारतसँग पराजित भएको नेपालले निर्णायक खेलमा बंगलादेशलाई बराबरीमा रोकेर उपाधिको यात्रा तय गरेको थियो। भारतले बंगलादेश र श्रीलंकाविरुद्धका सुरुआती दुई खेल मा बराबरी खेलेको थियो। यस्तै, नेपाल र माल्दिभ्सलाई पराजित गरेको थियो।

साफको यो निर्णयलाई भने प्रशिक्षक अलमुताइरीले अन्यायपुर्ण भनेका छन् । नियमहरु सबैले मान्नु पर्ने भन्दै उनले फेसबुकमा नियमहरुको सूचि राखेका छन् जसमा कुनै पनि खेलाडी वा प्रशिक्षकले दुइ खेलमा पहेलो कार्ड पाएमा त्यसपछि खेलिने खेलमा प्रतिबन्ध हुनु पर्ने भन्ने लेखिएको छ । तर बंगलादेशसँगको खेलमा प्रतिबन्ध नगरी फाइनलमा प्रतिनबन्ध गरिएको छ । प्रशिक्षकले नियम राखेर साफलाई सम्झाए पछि केहि परिवर्तन हुन सक्ला त ? शंका छ ।

Latest news
Related news