अन्तत गृहमन्त्रीका छोराले प्रहरीसामु यसरी गरे आत्म समर्पण, सबै चकित - Khabar Nepali
  • शनिबार, असोज ३०, २०७८

अन्तत गृहमन्त्रीका छोराले प्रहरीसामु यसरी गरे आत्म समर्पण, सबै चकित

भारतीय गृहमन्त्री अजय मिश्रका छोरा आशिष मिश्रले अन्तत आत्म समर्पण गरेका छन् । लखिमपुर हिं सा को सातौ दिन मुख्य आरोपी आशिष मिश्रले प्रहरीसमक्ष आत्म समर्पण गरेका हुन् । रुमालले मुख छोप्दै प्रहरी कहाँ पुगेर उनले आत्म समर्पण गरेका हुन् । उनी भारतका केन्द्रीय गृहमन्त्री अजय मिश्रका छोरा हुन् ।

मिडिया रिपोर्टका अनुसार १२ वटाभन्दा धेरै पेन ड्राइव बोकेर आशिष प्रहरीसमक्ष पुगेका हुन् । यी पेन ड्राइभमा रहेका भिडियोहरूले उनी घटनाको दिन कहाँ थिए भन्ने प्रमाणित गर्छ । उनले आफु घटनास्थलमा नरहेको र घटनामा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएका छन् । आशिषसँग सोध्नका लागि प्रहरीले पनि झन्डै ४० वटा प्रश्नहरु तयार गरिसकेको छ ।

भारतको उत्तर प्रदेशस्थित लखिमपुर जिल्ला कार्यालयबाट झन्डै ७५ किलोमिटर टाढा नेपालको सीमा नजिकैको तिकुनिया गाउँमा गत आइतबार हिं सा र आ ग ला गी हुँदा ८ जनाको मृ त्यु भएको थियो । यस गाउँमा रहेको एक स्कुलको कार्यक्रममा सहभागी हुन केन्द्रीय गृहमन्त्री अजय मिश्रा आएका थिए ।
त्यहीक्रममा किसानहरुले पनि कालो झन्डा देखाउँदै उनको विरोध गरे । त्यसक्रममा मन्त्रीसँगै आएका गाडीहरु धर्नामा बसेका किसानहरुलाई कि चे र तेजसँग अघि बढे । चारजनाको किसानको यसक्रममा ज्या न गयो भने एक दर्जनभन्दा धेरै घाइते भए । त्यस्तै, दुईजना बिजेपीका कार्यकर्ता र दुईजना ड्राइभरको पनि मृ त्यु भयो ।

गृहमन्त्रीका छोरा आशिष मिश्रामाथि धर्नाकारीलाई गाडीले कु ल्चि ए को र एकजना किसानमाथि गो’ ली हा’ ने को आरोप छ । यस घटनाको समाचार कभरेज गर्नेक्रममा साधन न्युज च्यानलका संवाददाता रतन कश्यपको पनि मृ त्यु भएको थियो । गाडीमा ठ क्क र खाएपछि उनी सडक किनारमा रहेको पानीमा डु बे का थिए ।

सम्बन्धित खवर