ड्रग्स पार्टीमा शाहरुखका छोरासँग अर्का ठूला अभिनेताकी छोरी थिइन्, को हुन् तिनी ? - Khabar Nepali
  • शनिबार, असोज ३०, २०७८

ड्रग्स पार्टीमा शाहरुखका छोरासँग अर्का ठूला अभिनेताकी छोरी थिइन्, को हुन् तिनी ?

अहिले बलिउडमा साहरुखानका छोरा आर्यन निकै चर्चामा छन्। गत शनिवार एक क्रुज जहाजवाट शाहरुख खानका छोरा आर्यन खान लगायतका केही पक्राउ परेपछि यो विषयले भारतमा हंगामा भएको छ । धेरै कलाकार शाहरुखको पक्षमा उभिएका छन् । सलमान लगायतका केही कलाकार उनको घरमै पुगेका छन् । यो विषयले भारतको संसदमा समेत कुरा उठेको छ । सांसदहरुले आर्यन घटनामा राजनीतिकरण भएको भन्दै आपत्ती जनाएका छन् ।

कार्डेलिया द इम्प्रेस नामको क्रुज शिपबाट समातिएका यीमध्ये ८ जनालाई औपचारिक रुपमा गिरफ्तार गरिएको छ । यो मामिलामा बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनसँग पनि सोधपुछ भइरहेको छ । अहिले भारतमा फेरि यो केसमा अर्को अनौठो समाचार आएको छ। उक्त क्रुजमा शाहरुखका छोरासँगै बलिउडमा प्रतिष्ठित अर्का ठूला अभिनेताकी छोरी पनि थिइन् । कसको छोरी हो भनेर चाहि अहिलेसम्म नाम खुलेको छैन्। उनलाई हिरासतमा लिइएको छ वा छैन भन्ने विषयमा पनि एनसीबीले कुनै जानकारी दिएको छैन । क्रुजको एक फोटो पनि सार्वजनिक भएको छ । फोटोमा आर्यन खान र उनका साथी अरबाज मर्चेन्टको साथमा एक युवती पनि छिन् ।

नवाब मलिकका अनुसार आर्यन खानलाई ‘एनसीबीको नजिक ल्याउने र सेल्फी खिच्ने केपी गोस्वामी र मनीष भानुशाली बिजेपीका नेता हुन् ।’ यद्यपि, एनसीबीले मलिकको आरोपमाथि प्रतिक्रिया दिँदै यसलाई आधारहीन र गलत बताएको छ । वास्तवमा आर्यन खान जुन दिन पक्राउ परेको थिए त्यस दिन उनको एक व्यक्तिसँगको सेल्फी भाइरल भयो ।

यो सेल्फी एनसीबीको हिरासतमा रहेका बेला खिचिएको थियो । त्यसपछि एनसीबीमाथि यस्तो प्रश्न तेर्सिन थालेको हो । यसको जवाफमा एनसीबीले सेल्फी लिने व्यक्ति उनका विभागकै व्यक्ति भएको स्पष्टिकरण दियो । नवाब मलिकले सेल्फीमा देखिने व्यक्ति बिजेपीसँग सम्बन्धित भएको दाबी गरेका छन् ।

सम्बन्धित खवर