मन्त्रीका छोराले किसान माथि गाडी चलाउँदा ४ जनाको मृत्यु, त्यसपछि भएको घटनामा थप ४ जना मा रि ए - Khabar Nepali
  • शनिबार, असोज ३०, २०७८

मन्त्रीका छोराले किसान माथि गाडी चलाउँदा ४ जनाको मृत्यु, त्यसपछि भएको घटनामा थप ४ जना मा रि ए

नेपालको कैलालीसंग सिमाना जोडिएको भारतीय राज्य उत्तर प्रदेशमा आइतबार भएको एउटा घटनामा ८ जनाको मृत्यु भएको छ। लखिमपुर जिल्लाको तिकुनियामा भारतको केन्द्रीय गृह राज्यमन्त्री अजयकुमार मिश्रका छोराले किसानहरु माथि गाडी चलाएको आरोप लागेको छ । जसवाट ४ जना किसानको निधन भएको थियो । .

एनडिटिभीका अनुसार आइतबार तिकुनियामा एउटा कार्यक्रम आयोजना गरिएको थियो। तिकुनिया केन्द्रीय गृह राज्यमन्त्री मिश्रको पुर्ख्यौली घर भएको ठाउँ हो। उक्त कार्यक्रमा उनी र उत्तर प्रदेशका उपमुख्यमन्त्री केशव मौर्य सहभागी हुन जान लागेका थिए। केन्द्रीय सरकारले ल्याएका तीन वटा विधेयकको केही समयदेखि विरोध गरिरहेका किसानहरूले उपमुख्यमन्त्री र केन्द्रीय गृह राज्यमन्त्री आएपछि का लो झण्डा देखाउने कार्यक्रम राखेका थिए । आयोजकले सो कुरा थाहा पाएपछि अर्कै बाटो भएर कार्यक्रम स्थल गए ।

उनीहरूले रूट बदलेको थाहा पाएपछि किसानहरु फर्कन लागेका थिए । त्यही बेलामा राज्यमन्त्री मिश्रका छोराले चलाएको गाडी उनीहरुले देखे । राज्यमन्त्रीका छोरासंग अरुपनि छुट्टै गाडीमा आउँदै थिए । मन्त्रीलाई झण्डा देखाउन नपाएपछि मन्त्रीका छोरालाई नै उनीहरुले का लो झण्डा देखाएर विरोध गरे । त्यसपछि मन्त्री मिश्रका छोराले का लो झन्डा देखाउने किसानहरु माथि गाडी चलाए । घटनामा ४ जनाको मृत्यु भयो ।

आफ्ना साथीहरू माथि भएको त्यस्तो घटना पछि त्यहाँ अवस्था थप विग्रियो । किसानहरुले मन्त्रीका छोरा र उनका साथी चढेका गाडीमा आगजनी गरे । त्यसपछिको घटनामा थप ४ जनाको मृत्यु भयो । मृत्यु हुनेमा एक चालक र तीन जना भारतीय जनता पार्टीका कार्यकर्ता भएको उल्लेख गरिएको छ। गृह राज्यमन्त्री मिश्रले भने आफ्ना छोरा घटनामा संलग्न नभएको दाबी गरेका छन्।

सम्बन्धित खवर