यस्तो छ तपाईको बिहिबारको भाग्य! असोज १४ गतेको राशिफल हेर्नुहोस् - Khabar Nepali
  • शनिबार, असोज ३०, २०७८

यस्तो छ तपाईको बिहिबारको भाग्य! असोज १४ गतेको राशिफल हेर्नुहोस्

मेषः व्यापारको शिलशिलामा छोटो दुरिको यात्रा हुने अधिक सम्भावना रहेको छ भने व्यावसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । भौतिक साधनहरु जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययन, लेखन, कलासाहित्य तथा गित संगितमा चासो बढ्नेछ भने तपाईको प्रतिभाको उच्च कदर हुनेछ । प्रेममा विश्वासको वातावरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

वृषः पुराना विवादहरु साम्य हुनेछन् भने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा फैसला हुनेछन् । पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा तपाईँको हातमा पर्नेछ । माया प्रेमका कोपिलाहरु फक्रनेछन् भने पति पत्नीको सहयोगले उपलब्धीमुलक कामहरु गर्न सकिनेछ । ऋण, रोग तथा संकटको सामना गर्ने शक्ती जुटाउन सकिनेछ ।

मिथुनः अध्ययनमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरिको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामुलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्र्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ ।

कर्कटः सजक नबन्दा आफन्त टाडनेछन् भने अध्ययन तथा कामको शिलशिलामा लामो दुरिको कष्टकर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ । व्यापारमा मन्दी आउने भएपनि कृषी तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । छोटो समयका लागी हेरिने फाईदाले पछी लाई घाटा हुन सक्छ । योजनाहरु तत्काल सार्वजनिक नगर्नु नै उत्तम हुनेछ ।

सिंहः व्यापार व्यावसायमा थोरै समय दिएपनि मनग्गे आम्दानी गर्न सकिनेछ । विवादित विषयहरु हल भएर जानेछन् भने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले अरुभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । मन परेको मानिससँग छोटो तथा रमाईलो यात्राको तय गर्न सकिने तथा स्वादिष्ट भोजनमा रमाउन सकिनेछ ।

कन्याः रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा साथिभाईका साथमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाइलो गर्दा गर्दै पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछी परिन सकिन्छ ध्यान दिनुहोला । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् भने मोटिभेसन, काउन्सेलिङ तथा बोलेर गर्ने व्यावसाय फस्टाएर जानेछ । व्यापार व्यावसायमा समय दिन सके मनग्गे आम्दानी हुनेछ भने भौतिक सम्पती तथा धातु संग्रह गर्न सकिनेछ ।

तुलाः अवसरहरुको सदुपयोग गर्दै राम्रा तथा उपलव्धी मुलक कामहरु गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीतिमा समय लगानी गर्नेहरुले पद पाउने तथा ईज्जत प्रतिष्ठा जोड्न सक्नेछन् । पढाइ लेखाइमा मन जानेछ भने पढाइ कै सवालमा लामो दुरिको यात्रा गर्न सकिनेछ । प्रणय सम्वन्ध थप बलियो बन्नेछ ।

बृश्चिकः पढाइ लेखाइमा मन नजाँदा भनेजस्तो नतिजा हात पार्न सकिने छैन । काम गर्दा वा सवारी चलाउदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा बढि नै समय दिएमात्र नतिजा हात पार्न सकिनेछ । तापनी विदेशी सामानको खरिद बिक्रिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने विदेश यात्राको गतिलो योग रहेकोछ ।

धनुः पैत्रिक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । आफन्त तथा घरपरिवारका ईच्छा आकांक्षाहरु पुरा गर्न सकिनेछ । बैंक तथा वित्तिय क्षेत्रसँग सम्वन्धीत व्यावसायबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेम सुमधुर भएर जानेछ भने पति पत्नीको सहयोग पाईने हुनाले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा भेटघाटलाई कम गर्नु नै राम्रो रहेनेछ ।

मकरः कर्मभावमा गोचर गर्ने शुभ चन्द्रमाले व्यापार व्यावसायमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाईनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुनाले गुरुवर्ग तथा आफन्त खुशी हुनेछन् । माया प्रेममा सामिप्यता बढ्नेछ । कार्यक्षेत्रका प्रभाव बढ्ने तथा बढोत्तरिको योग रहेकोछ । कृषि व्यावासाय, पशुपालन व्यावसायमा लगानी गरी आम्दानी बढाउन सकिनेछ ।

कुम्भः लामो दुरिको धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारी तथा प्रशासनिक काममा सम्मानजनक उपश्थिती रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगती भएर जानेछ ।

मीनः आफन्त तथा दिदिबहिनीसँग मनमुटाव सिर्जना हुने योग रहेकोछ । समय तथा परिस्थिती अनुसार नचल्नाले दुख पाईनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धो का हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछी परिने चिन्ताले सताउँनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला ।

सम्बन्धित खवर