प्रेमीको बयान : सेते चौताराको छेउमा पुर्‍याई वि’ष सेवन गराएर पहाडबाट ध’कालिदिए …… - Khabar Nepali
  • शनिबार, असोज ३०, २०७८

प्रेमीको बयान : सेते चौताराको छेउमा पुर्‍याई वि’ष सेवन गराएर पहाडबाट ध’कालिदिए ……

ताप्लेजुङको फुङलिङस्थित एक भीरमा मृत भेटिएकी १९ वर्षीया युवती पुष्पा तबेबुङ लिम्बुको ह’त्या भ’एको दाबी प्रहरीले गरेको छ। सदरमुकामसमेत रहेको फुङलिङ नगरपालिकामा अवस्थित भानुजन माविमा कक्षा ११ मा पढ्ने लिम्बुको शव गएको शुक्रबार फुङलिङ नगरपालिका–७ दोखु सिरानको भीरमा फेला परेको थियो। किशोरी डेरा बसेर सदरमुकाम फुङ्लिङकै भानुजन माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्दै थिइन् ।

लिम्बुको ह’त्या आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा फुङलिङ नगरपालिका–१० फुरुम्बुका राम कार्की छन्। ताप्लेजुङका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाका अनुसार कार्की ट्रयाक्टर चालक हुन्। प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी घटनाको विषयमा जानकारी दिएको छ।
कार्कीले यस्तो गरेको स्वीकार गरिसकेका प्रहरीले जनाएको छ। राणाका अनुसार कार्की र युवतीबीच प्रेम सम्बन्ध थियो। कार्कीले युवतीलाई फकाएर फुङलिङ नगरपालिका–५ को सेते चौतारा छेउमा पुर्‍याई वि’ष सेवन गराएर पहाडबाट ध’के’लेको बयान दिएका छन्। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

युवतीका आफन्तले कार्कीविरुद्ध किटानी जाहेरी दिएका छन्। प्रहरीले अदालतबाट म्याद थप गरी कार्कीलाई कारबाही प्रक्रिया अघि बढाएको छ। युवतीको शव जिल्ला अस्पतालमा राखिएको छ। आफन्तले शवको अझै पो’स्ट’मार्टम गर्न मानेका छैनन्। युवती सदरमुकाम फुङलिङको बिहीबारेमा दिदीसँग बस्दै आएकी थिइन्। दूध पुर्‍याउन सदरमुकाम जाँदै गरेका स्थानीयले शनिबार भीरमा युवतीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। युवतीले बिहीबार बेलुका कार्कीसँग मोवाइलमा कुराकानी गरेको पाइएको छ। कार्कीसँग कुरा गरेपछि उनी रातिदेखि नै हराएको आफन्तले बताएका थिए।

पीडित परिवारले समेत पुष्पाको ह’त्या भ’एको र ह’त्यामा सं’ल’ग्नता हुन सक्ने भन्दै पक्राउ गरी अनुसन्धान गर्न भनी ती युवकमाथि नै किटानी जाहेरी दिएका थिए । पीडित परिवारको किटानी जाहेरी र घटनाको अनुसन्धानको क्रमसँगै पक्राउ परेका युवकले आफैँले ह’त्या ग’रे’र शव फालेको स्वीकारेपछि प्रहरीले उनलाई सार्वजनिक गरेको हो ।

सम्बन्धित खवर