र’क्सीले झ्याप भएका २२ बर्षीय यि युवकले चलाएको स्कारपियो दु’र्घटना’ग्रस्त, स्कारपियोमा थिए ८ जना सवार - Khabar Nepali
  • शनिबार, असोज ३०, २०७८

र’क्सीले झ्याप भएका २२ बर्षीय यि युवकले चलाएको स्कारपियो दु’र्घटना’ग्रस्त, स्कारपियोमा थिए ८ जना सवार

बैतडीको दशरथचन्द नगरपालिका-२ कठपाते नजिकै स्कारपियो दुर्घटनामा परेको छ । गोठलापानीबाट मेलौलीतर्फ गइरहेको म१च ६२३ नम्बरको स्कारपियो आइतबार साँझ ५ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । चालक शिवनाथ-२ का २२ बर्षीय मीनराज ओझाले म ‘दि’रा से’व’न ग’रे’र स्कारपियो चलाएकाले दुर्घटना भएको प्रहरीले जनाएको छ । स्कारपियो नालीमा खसेकाले मानवीय क्षति हुन नपाएको प्रहरी निरीक्षक ओझाले बताए । चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ । दुर्घटना भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । चालकले मदिरा सेवन गरेको पाइएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । स्कारपियोमा ८ जना सवार थिए । फाईl फोटो

यो पनि, भन्सार कार्यालयमा थन्किए सवारी साधन
लिलाम प्रक्रिया अगाडि बढाउन नसक्दा कञ्चनपुर भन्सार कार्यालयमा लाखौँ मूल्यका मोटरसाइकललगायतका सवारी साधन दुई वर्षदेखि थन्किएका छन् । कोरोनाको सङ्क्रमणका कारण कार्यालयले सवारी र ढुवानीका साधनको लिलाम प्रक्रिया अगाडि बढाउन नसकेको हो । बढ्दो कोरोनाको सङ्क्रमणका कारण मूल्याङ्कन समितिको बैठकनै राख्न नसकिएको भन्सार अधिकृत परमानन्द जोशीले जानकारीदिनुभयो । “भन्सार कार्यालयमा लिलाम गर्नुपर्ने सवारी साधनको मूल्याङ्कन गर्नका लागि मेकानिकल इञ्जिनीयर छैन”, उहाँले भन्नुभयो, “अन्य कार्यालयबाट तलवको व्यवस्था गरी इञ्जिनीयर झिकाउनुपर्ने हुन्छ । इञ्जिनीयरको फुर्सद नहँुदा सवारी साधनका चेसिज मोडललगायतको भिडानको कार्य हुन पाएको छैन ।”

उहाँका अनुसार हरेक गाडीको मोडल भिडानका लागि सम्बन्धित एजेन्सी वा कम्पनीमा पठाउनु प¥यो । कति वर्ष पुरानो हो । उत्पादन भएको वर्ष कुन हो सो कुरा पत्ता लगाई सकेपछि इञ्जिनीयरले सवारी साधनको मूल्याङ्कन गरी मूल्य निर्धारण पछि मात्रै लिलाम प्रक्रिया अगाडि बढ्छ । भन्सार कार्यालयमा ३०० मोटरसाइकल र १५ बढी जीप, कार, ट्रक, भ्यान लगायतका साधन लिलामको पर्खाइमा रहेका छन । दुई तीन महिनाभित्रै भन्सार कार्यालयमा रहेका सवारी साधनको लिलाम प्रक्रिया अगाडि बढाइने बताइएको छ ।

सम्बन्धित खवर