जब ब्यापारीको मृत्युमा रुन चंकी पाण्डेलाई ५ लाख अफर दिएर बोलाइयो - Khabar Nepali
  • शनिबार, असोज ३०, २०७८

जब ब्यापारीको मृत्युमा रुन चंकी पाण्डेलाई ५ लाख अफर दिएर बोलाइयो

बलिउड कलाकारहरुका यस्ता अनौठा किस्सा छन् जसले तपाईलाई विश्वास गर्न कठिन हुन्छ । बलिउड कलाकार चंकी पाण्डे यतिबेला आफ्नो जन्मदिन मनाइरहेका छन् । उनको जन्मदिनका अवसरमा उनीसंग सम्बन्धीत केही रोचक कुरा पनि भारतीय मिडियाले सार्वजनिक गरेका छन् । त्यस्तै एउटा अनौठो घटना उनको जिवनमा भएको छ । चंकी आफैले सो कुरा भारतीय मिडियामा बताएका छन् ।

कुरा सन् २००९ को हो जब एक व्यापारीको परिवारले उनलाई फोन गरे । उनीहरुले चंकीलाई आफ्नो परिवारको सदस्यको अन्तिम संस्कारमा समावेश हुनका लागि निमन्त्रणा दिएका थिए । तर त्यो संगै एउटा अनौठो प्रस्ताव पनि थियो । ति ब्यापारीको निधनमा उनले रुनु पर्ने थियो । शोकमा रोए बापत उनलाई ५ लाख रुपैया पारिश्रमिक दिने प्रस्ताव पनि गरियो ।

भारतीय सञ्चार माध्यमसँगको एक अन्तरवार्तामा उनले यसबारे जानकारी दिएका हुन् । उनले भनेका थिए, ‘उनीहरु चाहन्थेँ कि मैले त्यहाँ गएर रोना–धोना गरुँ र त्यसपछि अन्तिम संस्कारमा चुपचाप एउटा कुनामा उभिरहूँ । उनीहरु घरमा आएका पाहुनामाथि प्रभाव पार्न चाहन्थे । उनको परिवारले फिल्ममा पनि लगानी गरेका छन्, कतिजनासँग लिएको उधारो रकम तत्काल चुकाउन सक्दैनन् भनेर देखाउन खोजेका थिए ।’

तर चंकीले उक्त अफर तत्काल अस्वीकार गरे । यसबारे उनले भनेका थिए, ‘एउटै ठाउँमा उभिरहनका लागि पाँच लाखको अफर कुनै सानो होइन । तर म यस्तो काम गर्न सक्दिनथेँ ।’ चंकीले त उक्त प्रस्ताव अस्वीकार गरे तर आफ्नो परिवारको स्थितिलाई मध्यनजर गर्दै उनले आफ्नो साटो अर्का एक व्यक्तिलाई पठाएका थिए ।

सम्बन्धित खवर