विष्णु माझी र भुन्टिले सँगै खेले यस्तो भिडियो, भिडियो भयो भाइरल - Khabar Nepali
  • शनिबार, असोज ३०, २०७८

विष्णु माझी र भुन्टिले सँगै खेले यस्तो भिडियो, भिडियो भयो भाइरल

केहि समय पहिले सार्वजनिक भएको तीज गीत चरी जेलैमा नामक गीतको चर्चा सेलाउन नपाउदै बिष्णु माझिको आवाजमा नयाँ लोक दोहोरी गीत यर्थाको जिन्दगी डिजिटल बजारमा सार्वजनिक भएको छ। तीज गीत चर्चामा आएसँगै माझीको निकै खोजी समेत भएको छ । उनको पछिल्लो गीतलाई पनि माझीको यस अगाडिका गीत जस्तै सबैले माया गरिदिने निर्माण पक्षले विश्वास लिएको छ ।

माया प्रेम माथि बनेको निकै उत्कृष्ट गीतमा विष्णु माझी र विक्रम परियारको आवाज रहेको छ भने शिव सुवेदीको शब्दलाई प्रसाद लामिछानेले लय सिर्जना गरेका छन् । विनोद भण्डारीले निर्देशक गरेको गीतमा आशा खड्का र कमल अर्यालको अभिनय रहेको छ ।

यो पनि पढ्नुहोस्ः

गायिका रचना रिमाल र गायक राजु अर्यालको आवाजमा रहेको ” फुलबुट्टे चोली ” गीतको कभर भिडियो सार्वजनिक भएको छ । मायालु प्रेमी प्रेमीका विचको प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । अशोक अर्याल र राजेश पौडेलको शब्द तथा कृष्ण बाजुरालीको संगीत संयोजन गीतमा समावेश गरिएको छ । निकै उत्कृष्ट तरिकाले अडियोलाई निमार्ण गरिएको छ । नविन धर्ति मगरले कभर लाई निमार्ण गरेका छन ।

सम्बन्धित खवर