यि अफगानी सुन्दरीको बिकिनी पोजले सर्वोच्च अदालत समेत हल्लाइदियो - Khabar Nepali
  • मङ्गलबार, असोज १२, २०७८

यि अफगानी सुन्दरीको बिकिनी पोजले सर्वोच्च अदालत समेत हल्लाइदियो

तालिबानले अफगानिस्तानमा नियन्त्रण गरेपछि त्यहाँको अवस्था डामाडोल भएको छ। कति विदेश भागेका छन् भने कति आफ्नो जागिर समेत गुमाएका छन्। अहले त्यहाँका माहिलाहरु पनि निकै डराईरहेका छन्। आफ्नो स्वतन्त्रता जाने भन्ने विषयमा उनीहरु चिन्तित रहेका छन्। यसैक्रममा एक महिलाले यस्तो काम गरिन जसले सबैलाई चकित पार्यो। उनि हुन् विदा समादजाइ जसको कारण अफगानिस्तानमा ठूलो बबाल मच्चिएको थियो ।

२२ फेब्रुअरी १९७८ मा काबुलमा जन्मेकि विदा समादजाइ अफगानिस्तानको अभिनेत्री र मोडल हुन्। उनको ताका अफगानिस्तानमा फेशनको प्रचलन धेरै थियो । यस्तोमा विदा पनि ग्ल्यामरको संसारतिर आकर्षित भइन् र पछि उनले यही क्षेत्रमा आफ्नो करिअर बनाइन् । उनले मिस अफगानिस्तानको २००३ को प्रतियोगिताको उपाधि पनि जितेकी थिइन्। यो प्रतियोगिता १९७४ पछि २००३ मा मात्र भएको थियो। साथै उनले २००३ को अन्तर्राष्ट्रिय ब्युटी पेजेन्ट मिस अर्थमा भाग लिएकी थिइन् जसमा उनले रातो बिकिनीमा र्याम्प वाक गरेकी थिइन् । उक्त प्रतियोगितामा उनले ‘ब्युटी फर द कज’ को उपाधि पनि जितेकि थिइन्। यसका कारण अहिले अफगानिस्तानमा यो विषयमा विवाद चुलिएको छ। उनले लगाएका बिकिनेले मानिसहरु धेरै आक्रोशित भएका छन्। सर्वोच्च अदालतले समेत यस विषयमा बोलेको छ। अदालतले यस किसिमको अंग प्रदर्शन इस्लामी कानुन र अफगान परम्पराविरुद्ध भएको टिप्पणी गरेको थियो ।

अफगानिस्तानबाट अमेरिका गएकी विदाले क्यालिफोर्निया स्टेट युनिभर्सिटीबाट उच्च शिक्षा हासिल गरिन् । अहिले उनिसँग अमेरिकाको नागरिकता छ। अफगानिस्तानमै हुर्किएकी विदाले त्यहाँ तालिबानी शासन देखेकी थिइन् । २००३ मा सुन्दरी प्रतियोगितामा भाग लिने क्रममा उनले रोयटर्सलाई दिएको अन्तरवार्तामा अफगानिस्तानमा महिलाको अवस्थाबारे चर्चा गरेकी थिइन् ।

सम्बन्धित खवर