पुण्य गौतमले शुरु गरे प्रहरी हिरासतमै अनशन - Khabar Nepali
  • मङ्गलबार, असोज १२, २०७८

पुण्य गौतमले शुरु गरे प्रहरी हिरासतमै अनशन

अहिले पुण्य गौतम प्रहरी हिरासतमा छन्। ‘अभियन्ता’भन्दै युट्युवमा अन्तवार्ता दिँदै हिँड्ने पुण्य गौतम प्रहरी हिरासतमा अनशन बसिरहेका छन् । भदौ २७ मा पक्राउ परेका गौतमलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएकोमा त्यहीँ अनसन थालेको एक प्रहरी अधिकारीले बताए ।

आफूलाई सामाजिक अभियन्ता बताउँदै आएका गौतम प्रहरीले अमेरिकी परियोजना एमसिसिको बिरोध गरेको आरोपमा बानेश्वरबाट पक्रेको थियो । सार्वजनिक हित विरुद्ध कसुर गरेको मुद्दामा प्रहरीले उनलाई हिरासतमा राखेको छ। गौतमले हिरासतमा अनसन बसेको तथ्य भने प्रहरीले लुकाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले अनशन बसेको थाहा नभएको दावी गरे ।

यो पनि पढ्नुहोस्ः

झापामा एक प्रहरी नुहाउन गएका थिए । तर उनी फर्केर आएनन् । ती प्रहरी जवानको पोखरीमा डु बे र मृत्यु भएको हो । झापाको कचनकवल गाउँपालिका वडा नम्बर १ स्थित प्रहरी चौकी पिन्डलवारीमा कार्यरत २५ वर्षीय प्रहरी जवान सरोज गिरीको पोखरीमा डु बे र मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । उनी नुहाउन गएका थिए । त्यसै क्रममा उनको सोमबार पोखरीमा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार माछापोखरीमा डु बे र प्रहरी जवान गिरीको मृत्यु भएको थियो ।

कचनकवल वडा नम्बर १ स्थित अवध राजवंशीसहित ८ जनाको लगानीमा बनाइएको माछा पोखरीमा गिरी नुहाउन गएका थिए । नुहाउने क्रममा हराएपछि उनको खोजी गर्दा पोखरीमा मृ त अवस्थामा फेला पारिएको थियो । गिरी २०७३ साल भदौ १५ मा प्रहरी सेवामा प्रवेश गरेका थिए ।

सम्बन्धित खवर