मोरङमा गाउँपालिका अध्यक्ष बन्दै यी १६ बर्षीय बालिका - Khabar Nepali
  • मङ्गलबार, असोज १२, २०७८

मोरङमा गाउँपालिका अध्यक्ष बन्दै यी १६ बर्षीय बालिका

मोरङको बूढीगंगा गाउँपालिकाकी १६ वर्षीया सुस्मिता ऋषिदेव आज एक दिनको लागि गाउँपालिका अध्यक्ष बनेकी छन् । उनलाई ५७ औँ राष्ट्रिय बाल दिवसको अवसरमा गाउँपालिका प्रमुख बनाउन लागिएको हो । उनले आर्थिक र प्रशासनिकबाहेक गाउँपालिका प्रमुखले गर्ने सबै काम गर्ने जनाईएको छ। राष्ट्रिय बालअधिकार परिषद् प्रदेश १का अनुसार स्थानीय सरकार र सरकारले गर्ने काम कारबाहीबारे बालबालिकालाई जानकारी गराउन उनलाई एक दिने गाउँपालिका प्रमुख बनाउन लागिएको हो ।

गाउँ कार्यपालिकाले सोमबार बैठक बसी बाल दिवसका दिन गाउँपालिकाभित्र बसोबास गर्ने एक बालिकालाई आर्थिक र प्रशासनिक अधिकारबाहेक सांकेतिक रूपमा गाउँपालिकाको अध्यक्ष बनाउने निर्णय गरेको थियो।

यो पनि पढ्नुहोस्ः

मोटरसाइकलको हेलमेट दुर्घटनाबाट शिर जोगाउन प्रयोग गरिन्छ । तर कसैले भने नराम्रो कारोवार गर्न पनि यसलाई प्रयो गर्दा रहेछन् । यस्तै घटना पर्सामा भएको छ । पर्सा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक जनालाई पाँच लाख रुपैयाँसहित पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वा पर्साले वीरगञ्ज महानगरपालिका(१६ शंकराचार्य गेटमा ४३ वर्षीय महमद आसिफ अन्सारीलाई पक्राउ गरेको हो ।

टोलीले भारतबाट वीरगञ्जतर्फ आउँदै गरेको ना २५ प ८७६२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो । वीरगञ्जका अन्सारीले हेल्मेटभित्र पाँच लाख रुपैयाँ लुकाएको पाइएको प्रहरीको दाबी छ । उनीविरुद्ध बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ क सू रमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर