१७ वटा नाति–नातिनाकी हजुरआमाले २४ वर्षका प्रेमीसँग गरिन् विवाह, यौ'न जीव'नबारे जोडीले यसो भने - Khabar Nepali
  • सोमबार, असोज ११, २०७८

१७ वटा नाति–नातिनाकी हजुरआमाले २४ वर्षका प्रेमीसँग गरिन् विवाह, यौ’न जीव’नबारे जोडीले यसो भने

भनिन्छ निः ‘प्रेम गर्न जातभात, रंगभेद र उमेरले छेक्दैन’। यस भनाईलाई एक जोडीले साच्चिकै प्रमाणित गरेका छन्। १७ नाति नातिनाकी हजुरआमाले आफु भन्दा ३६ वर्ष मुनिका युवासँग विवाह गरेकि छिन्। यो जोडिले अहिले संसारलाई नै अचम्मित बनाएको छ। ६१ वर्षकी शेरिल मेकग्रेगरले २४ वर्षका कुरैन मेककेनलाई आफ्नो सहयात्री बनाएकी छिन् । यो जोडिको विवाह संसारभरीका मानिसहरुले टिकटक लाइभमा हेरे । शेरिलको कान्छी छोरीभन्दा पनि कुरैन कान्छा छन् । यो जोडिको केमेस्ट्री र यौ’न जी’वन अ’साध्यै राम्रो रहेको बताईएको छ।

यो जोडीको बारेमा अहिले सकारात्मक र नकारात्मक दुवै पक्ष बिच छलफल हुने गरेको छ। धेरै मानिसहरु हाम्रो विवाहले खुशी भएको र हामिलाई आर्शीवाद दिएको शेरिले बताएकि छिन्। साथै नराम्रो कमेन्टले आफूलाई दुःखी बनाउने उनि बताउँछिन् । उमेरको भिन्नता भएता पनि हामिलाई कहिले यसको महसुस नभएको उनले भनिन्।

कुरैनलाई पनि सामाजिक सन्जालमा निकै नराम्रो कमेन्टहरु आईरहेका छन्। कतिले उनलाई शेरिललाई प्रयोग गरेको समेत भनेका छन् भने धेरैले सकारात्मक कमेन्ट पनि गरेका छन्। हामि दुवै जनाको सहमतिमा विवाह गरेका हौ र हामि नमुना जोडि बनेर संसारमा प्रेम छर्न चाहन्छौ उनले भने।

यो जोडीको पहिलो भेट सन् २०१२ मा जर्जिया, रोममा फास्ट फूड रेष्टुरेन्ट डेरी क्विनमा सँगै काम गर्ने बेला भएको डेलि मेलले जनाएको छ। शेरिलका छोरा र कुरैनसँगैकाम गर्ने गर्थे। उनिहरु दुईबिच निकै राम्रो सम्बन्ध रहेको थियो। शेरिल छोरा भेट्न वा खाना खान त्यहाँ जाने गर्थिन् । त्यतिबेला कुनै रोमान्टिक सम्बन्ध थिएन । त्यतिबेला कुरैन जम्मा १५ वर्षका थिए।

त्यसबेला उनिहरु बिच खासै राम्रो सम्बन्ध नरहेको कुरैनले भने। कुरैनले त्यहाँको काम छोडे र यि २ बिच पुर्णरुपमा सम्पर्क बन्द भएको थियो। तर अघिल्लो वर्षको नोभेम्बर ४ मा कुरैन एक स्टोरमा गए जहाँ शेरिल क्यासियरको रुपमा कार्यरत थिइन् । एकदिन कुरैनले शेरि समस्यामा परेको देखेर उनि शेरि सामु गए। शेरिलले आफूले टिकटकमा नाचिरहेको एउटा भिडियो पोस्ट गरेको र त्यसमा धेरैले नकारात्मक कमेन्ट गरेकोमा उनी दुःखी थिइन् । उनले शेरिललाई सम्झाए ।

त्यसपछि कुरैनले उनिलाई सम्झाए र उनिहरु बिच सम्बन्ध झन गाढा भयो। दुईजना सँगै नाचेर भिडियो पोस्ट पनि गरे जुन टिकटकमा भाइरल भयो । योसँगै यी दुई थप नजिकिए र यी दुईबीच रोमान्टिक सम्बन्ध सुरु भयो । कुरैनले भने, ‘कसैले पनि हामीलाई स्वीकार गरिरहेको थिएन । हामीले ठट्टा गरिरहेको होला भनेर सबैले सोच्थे वा यो कुनै खेलको हिस्सा भएको होला भनेर पनि ठान्थे ।’

शेरिलाई विवाहको दिन निकै राम्रो देखिएको थियो। ह्वाइट वेडिङ ड्रेस लगाएकी उनले कपललाई कर्ल गरेकी थिइन् । कुरैनले एउटा अफ ह्वाइट रङको सुट लगाएका थिए । विवाहपछि कुरैनले भने, ‘हामी दुईले टेनेसी (अमेरिका) मा विवाह ग–यौं । विवाहका बेला मेरी एक साथी पनि त्यहाँ थिइन् । एक अर्काको हात थामेपछि हामीले निकै मिठो खाना खायौं । त्यसपछि हामी आफ्नो होटल गयौं, त्यहाँ हामीले करिब दुई घण्टा असाध्यै राम्रो समय बितायौं ।’

सम्बन्धित खवर