अनमोल र सुहानाको जोडि ‘ए मेरो हजुर ४’ मा, रिलिज हुने भयो यो दिन - Khabar Nepali
  • मङ्गलबार, असोज १२, २०७८

अनमोल र सुहानाको जोडि ‘ए मेरो हजुर ४’ मा, रिलिज हुने भयो यो दिन

पछिल्लो समय अनमोल केसी र सुहाना थापाको केमेस्ट्रि एकदमै मिलिरहेको छ। यो जोडिलाई दर्शकहरुले निकै मनपराउने गर्दछन्। अहिले दर्शकहरु यो जोडिको फिल्म हेर्न निकै आतुर रहेका छन्। यसैलाई मध्येनजर गरेर ‘ए मेरो हजुर ४’ मा अनमोल केसी र सुहाना थापाको मुख्य भूमिकामा दर्शकले देख्न पाउने छन्। भदौमा रिलिज हुने भनेको यो फिल्म विभिन्न कारणले गर्दा सरेर चैतमा पुगेको छ।

नारी दिवसको अवसर पारेर भदौ १८ लाई प्रदर्शन मिति घोषणा गरेको फिल्म अब भने चैत २५ मा प्रदर्शनमा आउने फिल्मका निर्माता सुनिलकुमार थापाले बताए। सामाजिक सञ्जालमा फिल्मका निर्माता सुनिलकुमार थापा र निर्देशक झरना थापाले एक साथ फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेका हुन् । कोरोना कहर कम हुँदै गएपछि चैतमा आफ्नो नयाँ चलचित्र रिलिज गर्ने थापाको भनाइ छ ।

अहिले कोरोना भाईरस महामारीका कारण निर्माताहरू सिनेमा रिलिज गर्न डराइरहेका छन् । तर सरकारले भने एक हप्ता अघि सिनेमा हल खोल्न अनुमति दिइसकेको छ ।

धिरज मगर र जसिता गुरुङ अभिनीत फिल्म ‘आइ एम ट्वान्टी वान’को बाटो छेकेर प्रदर्शन मिति घोषणा गरेको आरोप यस चलचित्रलाई लागेको थियो। तर यसको समाचार आएकै दिन निर्माताले ‘ए मेरो हजुर ४’को पोस्टर सार्वजनिक गर्दै यो मितिमा आफूहरु आउने घोषणा गरेका थिए । सुदर्शन थापा निर्देशित ‘सम्हालिन्छ कहिले यो मन मन’ले पनि भदौ १८ मा नै प्रदर्शन हुने घोषणा गरेको थियो । उसबेला दुवै फिल्मको लक्ष्य तीजको बिदा खाने थियो । तर बीचैमा महामारी आएपछि कुनै पनि फिल्म रिलिज हुन सकेका थिएनन् ।

सम्बन्धित खवर