सुदर्शन थापाको बिहे बारे यस्तो भन्छिन् नायिका पुजा शर्मा - Khabar Nepali
  • मङ्गलबार, असोज १२, २०७८

सुदर्शन थापाको बिहे बारे यस्तो भन्छिन् नायिका पुजा शर्मा

समाचारवाचिका सुप्रिया कटुवाल र निर्देशक सुदर्शन थापाले केही दिन अगाडि अगाडि इन्गेजमेन्ट गरेको तष्विर अहिले समाजिक सन्जालमा निकै चर्चा भईरहेको छ। उक्त इन्गेजमेन्ट विभिन्न विदाका कलाकारहरु उपस्थित भएका थिए। यसैक्रममा सुदर्शनको नजिकको साथी पूजा शर्मा भने उपस्थित नहुदाँ अहिले यो विषयमा उनका फ्यानहरु चर्चा गरिरहेका छन्। यसलाई लिएर यि दुई बिच सहकार्य जारी रहन्छ कि रहदैन भन्ने खालका प्रश्न समेत उठे ।

धेरै चर्चा हुन थालेपछि यो विषयमा नायिका पुजा शर्मा बोलिकि छिन्। उनले भनिन्ः ‘हामी नै सुदर्शन थापाको बिहे होस् भनेर चाहने व्यक्ति हो । उहाँको जीवन कसैको साथमा अगाडि बढोस् भनेर सोच्ने अनी बिहे गरेपछि मलाई चलचित्रमा नै लिदैन कि भनेर सोच्नु स्वार्थीपना हो । बिहे गर्दैमा टिमअप छुट्ने होइन ।’

‘भोली म पनि बिहे गरेर जान्छु होला । त्यो बेलामा पनि म सुदर्शनलाई चलचित्रमा मलाई नै राख्नुहोस् भनेर भन्दिनँ । मैले पहिलेदेखि नै स्टोरीमा नमिलेको खण्डमा आफूलाई नराख्न सुदर्शनलाई आग्रह गरेको थिएँ । म यस्तो गीत गाउँछुमा मैले नै अर्की नायिकालाई अफर गरेको थिएँ । हाम्रो चलचित्रमा म नै हुनुपर्छ भन्ने छैन ।’ ‘म पनि सुदर्शनको टिमको मान्छे हुँ । यसमा मलाई कुनै पनि लाज छैन । म जे छु सुदर्शन थापाकै कारणले छु ।’

पूजाले सुदर्शन थापासँग काम गरेको ‘म यस्तो गीत गाउँछु २, सम्हालिन्छ कहिले मन’ लगायतका चलचित्र रिलिज हुनै बाँकी रहेको बताइन् । यसपछि, पनि आफ्नै लगानीमा सुदर्शनले नयाँ चलचित्र निर्देशन गर्ने पूजाको भनाई छ ।

सम्बन्धित खवर