अन्ततः विष्णु माझीको माइतीघर पुग्यो प्रहरी, हेर्नुहोस् के के भयो - Khabar Nepali
  • मङ्गलबार, असोज १२, २०७८

अन्ततः विष्णु माझीको माइतीघर पुग्यो प्रहरी, हेर्नुहोस् के के भयो

पछिल्लो समय गायिका बिष्णु माझीको चर्चा समाजिक संन्जालमा निकै हुने गरेको छ। विष्णु माझीको जन्म चापाकोट, स्याङ्जा जिल्लामा भएको थियोे । उनी हाल नेपालको चर्चित तथा उत्कृष्ट लोक गायिकाहरू मध्ये एक हुन् साथै उनी नेपालमै सबै भन्दा बढि पारीश्रमिक लिएर गीत गाउने महँगी गायिका हुन । उनी नेपाली संगीत जगतमा बिगत १५ /१७ वर्ष देखि सक्रिय छिन । नेपाली संगीत जगतमा उनको नेपाली सांगीतिक क्षेत्रमा ठुलो योगदान छ । उनी एक कामप्रति जिम्मेवार राख्ने नेपाली लोक दोहोरी गायिका हुन् । विष्णु माझीको हालसम्म एउटामात्र तस्बिर सार्वजनिक भएको छ । जताततै त्यही एउटै तस्बिर प्रयोग भैरहेको छ । उनका समर्थकले उनको फोटो खोजे भने त्यही एउटा तस्बिर मात्र फेला पार्न सक्छन् ।

उनको पछिल्लो गित ‘चरी जेलैमा’ले अहिले सम्ममा २ करोड बढी भ्यूज पाइसकेको छ । यो गित अहिले टिकटकदेखि फेसबुकमा समेत भाईरल भएको छ। यो गित सार्वजनिक भएदेखि उनका फ्यान तथा शुभचिन्तकले उनको चासो राख्न थालेका छन्। यस विषयमा राष्ट्रिय मानव अधिकार आयोगकले समेत यस बिषयमा ध्यानाकर्षण भएको जनाएको छ ।

२ बर्ष अगाडि गायिका विष्णु माझी र उनका श्रीमान् सुन्दरमणी अधिकारी स्याङ्जा प्रशासनमा उपस्थित भएर आफ्नो भनाई राखेका थिए । सो समयमा गायिका माझीले आफू कुनै दबाबका कारण नभई रहरले नै सार्वजनिक रुपमा हिडडुल नगरेको बताएकी थिइन् ।

विष्णु माझीले नेपाली लोक दोहोरी क्षेत्रमा निकै ठूलो योगदान पुराएकि छिन् विशेष गरी लोक गित गाउने माझीले केही सुगम संगित वा गितमा पनि स्वर दिएकि छिन् । विष्णु माझी नेपाली लोक दोहोरी क्षेत्रकि सबैभन्दा महंगो गायिका हुन् तर उनी बाहिरी कुराहरूबाट गुमनाम छिन् । उनले एउटा लोकगीतमा स्वर दिएबापत जति पारिश्रमिक लिन्छिन् त्यो अहिलेसम्म कसैले लिएका छैनन् ।

सम्बन्धित खवर