डेलिभरी डेट बारे यस्तो भन्छिन् नायिका प्रियंका कार्की - Khabar Nepali
  • सोमबार, असोज ११, २०७८

डेलिभरी डेट बारे यस्तो भन्छिन् नायिका प्रियंका कार्की

नायिका प्रियंका कार्कीको हातमा चलचित्र नभएपनि उनको चर्चा भने कम भएको छैन । केही बर्षदेखि चलचित्रमा क्रेज कम भएपनि प्रियंका प्रेम र बिहेका कारण सधै चर्चामा रहिन् । उनै, कार्की गत बर्षदेखि भने आमा बन्न लागेको खबरले चर्चामा छिन् । यसपछि, उनले निरन्तर सामाजिक संजालमा तस्वीर पोष्ट गरिरहेकी छिन् ।

प्रियंका आफ्नो डेलिभरी डेट नजिकिँदै गर्दा निकै खुसी छिन्। उनले खुसी साट्न क्रममा केही समयअघि बेबी सावर गरेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन्। त्यसैगरी, प्रियंकाले केही दिनअघि मात्र आफ्ना साथीहरूका साथ स्विम सुटमा फोटोसुट गराएर सामाजिक सञ्जालमा सार्वजनिक गरिन्। उक्त सकारात्मक र नकारात्मक दुवैथरी प्रतिक्रिया आएको छ। सम्भवतः गर्भावस्थामा सबैभन्दा बढी चर्चा कमाएकी प्रियंका पछिल्लो समय आफ्नो युट्युब च्यानलमा पनि निकै सक्रिय रहँदै आएकी छिन् । उनले युट्युबमार्फत आफ्नो गर्भावस्थालगायत विभिन्न विषयका बारेमा दर्शकलाई जानकारी दिँदै आइरहेकी छिन्। पछिल्लो समय प्रियंका र उनको अभिनेता पति आयुष्मान देशराज जोशी आफ्नो भावी सन्तानको बारेमा र त्यसको तयारीको बारेमा केन्द्रित भएर ब्लग सार्वजनिक गरिरहेकी छिन्।

डेलिभरि डेट बारे यस्तो भन्छिन् प्रियंका कार्कीः ‘सन्तानबारे सोचभन्दा पनि हामी आफ्नो बच्चाको वेलकमको लागि प्रिपियर गरिरहेका छौं। डेलिभरी डेट झन्—झन् नजिक आउँदै गर्दा हामी अझै तयारीमा छौँ। आमा—बाबुको रेस्पोन्सबिलिटीका लागि रेडी छौँ जस्तो फिल भइरहेको छ।’

चर्चित कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ मा उनले पहिलो बच्चा जन्मिएको दुई वर्षमा अर्को बच्चाको प्लानमा रहेको बताएकी थिइन्। कुनै महिला गर्भवती भएपछि आफूले जस्तै सेलिब्रेट गर्नुपर्छ भन्ने नभएको तर कसैले सेलिब्रेट गर्छ भने आलोचना वा गाली गर्न नहुने उनको भनाई थियो । गर्भावस्थाको समयलाई उत्सवका रुपमा मनाउनु पर्ने पनि उनले बताएकि थिइन् ।

सम्बन्धित खवर