यि नायिकाले किन लगाइन् टाउकोदेखि गोडासम्म छोपिएको पहिरन ? यस्तो छ सबै चकित हुने रहस्य - Khabar Nepali
  • मङ्गलबार, असोज १२, २०७८

यि नायिकाले किन लगाइन् टाउकोदेखि गोडासम्म छोपिएको पहिरन ? यस्तो छ सबै चकित हुने रहस्य

हलिउडकी चर्चित अभिनेत्री हुन् किम कार्दशियन । धेरैजसो हट फोटोशुटका कारण चर्चामा आइरहने किम पछिल्लो समय नौलो कपडाका कारण चर्चामा छिन् । पछिल्लो समय उनी टाउकोदेखि गोडासम्म लेदरको कपडा लगाएर चर्चामा आएकी छिन् । उनले लगाएको टाउकोदेखि गोडासम्मको कपडा देखेर फ्यानहरु पनि चकित परेका छन् । उनले लगाएको कपडा धेरैको लागि नौलो हो । टाउकोदेखि गोडासम्म लेदरबाट बनेका आउटफिट लगाएर हिडिरहेकी उनमा सबैको ध्यान गयो । नौलो पहिरनमा न्युयोर्क पुगेकी उनलाई धेरैले चिनेनन् पनि ।

तस्बिरमा उनले स्ट्रेच कोट, लामो बुट, अनुहार छोप्ने कालो लेदर र पन्जा लगाएकी छिन् । यसअघि तस्बिरका कारण ट्रोलको शिकार बनिरहने किम अहिले चर्चामा आएकी छिन् । अहिले उनको यो तस्बिर सामाजिक सञ्नजालमा भाइरल बनेको छ । हरेक तस्बिर फ्यानहरुले निकै रुचाएका हुन्छन् ।

यो पनि पढ्नुहोस्ः

नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता तथा गायक प्रशान्त तामाङ अभिनयमा फर्किएका छन् । लामोसमयदेखि चलचित्रबाट टाढा रहेका उनी नयाँ चलचित्र अस्तित्वको लडाइ मार्फत फेरि दर्शकमाझ आउँदैछन् । नारायण रायमाझीको निर्देशनमा बनेको चलचित्र ‘गोर्खा पल्टन’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका प्रशान्तले शुरुवतामै चर्चा पाएका थिए । ईण्डियन आइडल २००७ का विजयी पनि रहेका प्रशान्तको चलचित्रमा कमब्याकले दर्शक उत्साहित भएका छन् ।

गोविन्द गौतमको निर्देशनमा बन्ने चलचित्र अस्तित्वको लडाइ मा प्रशान्तको मुख्य भूमिका रहने भएको छ । प्रशान्त बाहेक चलचित्रमा सुनिल थापा, सम्पदा बानियाँको पनि मुख्य भूमिका रहनेछ । प्रशान्तले चेपाङ युवकको भूमिका निभाउनेछन् । चलचित्रको छयांकन तिहारपछि गरिने भएको छ ।

सम्बन्धित खवर