५६ वर्षीय अभिनेता प्रकाश राजले गरे फेरि विवाह, साटे यसरी माया - Khabar Nepali
  • शनिबार, मङि्सर १८, २०७८

५६ वर्षीय अभिनेता प्रकाश राजले गरे फेरि विवाह, साटे यसरी माया

बलिउड कलाकारहरु ब्यक्तिगत जीवनका विषयले चर्र्चामा आउँछन् । अहिले ५६ वर्षीय अभिनेता प्रकाश राज पनि ब्यक्तिगत जिवनको घटनाले चर्चामा आएका छन् । उनले आफ्नै पत्नीसंग दोस्रो विवाह गरेका छन् । उनले सामाजिक सञ्जालमा तस्बिर सार्वजनि गर्दै छोराछोरीको आग्रहमा आफुले पत्नीसंग दोस्रो विवाह गरेको बताएका छन् ।

ले आफ्नी श्रीमती पोनी वर्मासँग दोस्रोपटक विवाह गरेको तस्बिर सार्वजनिक गरेका छन् । अगस्त २४ अर्थात मंगलबार प्रकाशराज र पोनीबीच विवाह भएको ११ बर्ष पूरा गरेको थियो । सो अवसरमा उनीहरुले छोराछोरीको अगाडी फेरि विवाह गरेका हुन् । उनीहरुको विवाहको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

प्रकाश राजले विवाहको बिषयमा ट्वीट गरेका छन् । ‘आज हाम्रो फेरि विवाह भयो, किनकि हाम्रा छोरा वेदान्त हाम्रो बिहे देख्न चाहन्थे ।’ प्रकाश राजले श्रीमतीलाई चु’म्ब’न ग’रिरहेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको हो । यसअघि प्रकाश राजले आफ्नो विवाहको एउटा तस्बिर पोस्ट गरी लेखेका थिए, ‘यो धेरै राम्रो थियो । मेरो प्यारी श्रीमती मेरो लागि यति राम्रो साथी भएकी छन् । एक प्रेमिका र एक अद्भूत सहयात्री भएकोमा धन्यवाद ।’

मंगलबार प्रकाशराज र पोनी बर्माको विवाहको वार्षिकोत्सवमा उनीहरुले त्यसलाई विशेष बनाएका हुन् । विवाहको तस्बिर समेत सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । फ्यानहरूले पनि उनलाई बधाई दिइरहेका छन् । प्रकाश राजले २०१० मा पोनी वर्मासँग विवाह गरेका थिए । अभिनेता प्रकाशराज चर्चित कलाकार हुन् । तेलुगु फिल्म मात्र नभएर उनको बलिउडमा पनि राम्रो पहिचान छ । बलिउडका अधिकांश फिल्महरूमा खलनायकको भूमिका निर्वाह गरेका उनको खलनायक अभिनय धेरै मनपराइएको छ ।

यो पनि : शाहरुख खानकी छोरीलाई फिल्ममा डेब्यू गराउने तयारी

बलिउड सुपरस्टार शाहरुख खानले आफ्नी छोरी सुहानालाई अभिनेत्री बन्न इच्छा रहेको बताउँदै आएका छन् । धेरै फिल्मबाट उनलाई प्रस्ताव आए पनि शाहरुखले अनुमति दिइसकेका छैनन् । यसैक्रममा, निर्देशक जोया अख्तरले सुहानालाई फिल्ममा डेब्यू गराउने तयारी थालेकी छन् । अहिले उनी इन्टरनेशनल कमिक बुक ‘आर्ची’ को इन्डियन एडेप्टेशनमाथि काम गरिरहेकी छन् ।

नेटफ्लिक्सका लागि बनाउन लागेको फिल्म टिनएजको कथामा आधारित हुने जोयाको भनाई छ । यसका लागि उनी योङ एक्टर्स खोजिरहेकी छन्, जसले फिल्ममा साथीको भूमिका निभाउन सकोस् । अहिले फिल्मको कास्टिङमा काम भइरहेको छ तर मुख्य भूमिकामा शाहरुखकी छोरीमा जोयाको नजर अडिएको छ । उनी चाँडै शाहरुख र सुहानालाई स्क्रिप्ट सुनाउने तयारीमा छिन् ।

सुहानाले २०१८ मा आएको ‘द ग्रे पार्ट अफ ब्लू’ नामक सर्ट फिल्ममा काम गरेकी थिइन् । अंग्रेजीमा निर्माण भएको १० मिनेटको यो फिल्ममा सुहानाको अभिनयलाई दर्शकले मन पराएका थिए । अब उनको फिचर फिल्ममा डेब्यूलाई लिएर उत्सुकता बढेको छ । उनी अहिले यूकेमा फिल्म मेकिङको कोर्स गरिरहेकी छिन् । कोर्स पूरा भएपछि उनी अभिनयमा आफ्नो करिअर बनाउँदैछिन् । पत्नीलाई किस गरेको तस्बिर भाइर

सम्बन्धित खवर