बार्सिलोनाबाट बिदाइ हुँदा धु'रुधु'रु रो'ए मेसी (भिडियो सहित) - Khabar Nepali
  • मङ्गलबार, असोज १२, २०७८

बार्सिलोनाबाट बिदाइ हुँदा धु’रुधु’रु रो’ए मेसी (भिडियो सहित)

स्टार फुटबल खेलाडी लिओनल मेसी स्पेनिस क्लब बार्सिलोनाबाट आइतबार बिदा भएका छन्। बार्सिलोनाले आयोजना गरेको उनको बिदाइ कार्यक्रममा मेसी भ’क्का’निए। उनले बार्सिलोनाबाट आफूले कसरी बिदा भन्नु पर्छ भन्ने कहिल्यै नसोचेको बताए। बिदाइ कार्यक्रमको सुरुमा मेसीले आफ्नो कुरा राखेका थिए। उनले आफ्नो कुरा सकेपछि उपस्थितहरूले ताली बजाएर सम्मान प्रकट गरेका थिए।

सुरूदेखि नै भावुक देखिएका मेसीले आफूलाई थाम्न सकेनन् र भ;क्का’निए। कार्यक्रमको दर्शकदीर्घामा उनकी श्रीमती र छोराहरू पनि उपस्थित थिए। मेसी भक्कानिँदा उनीहरू पनि भावुक बनेका थिए। केहीबेरमा हलभित्र उपस्थितहरूले उठेर मेसीलाई सम्मान गरेका थिए।

यसअघि शुक्रबार बार्सिलोनाले मेसी अब क्लबमा नबस्ने बताएको थियो। आर्थिक र संरचनागत अवरोधका कारणले ३४ वर्षीय मेसी क्लबमा बस्न नसक्ने भएको बार्सिलोनाको भनाइ थियो।

सम्बन्धित खवर