23.1 C
Kathmandu
Tuesday, August 16, 2022

सामाजिक अभियन्ता नर्स प्रतिमाद्धारा सार्की छिरिङकाे लागि आर्थिक सहयाेगकाे अपिल

सामाजिक अभियन्ता नर्स प्रतिमाद्धारा सार्की छिरिङकाे लागि आर्थिक सहयाेगकाे अपिल गरेकी छिन् । दुवै किड्नीमा समस्या भएका व्यक्तिका लागि उपचार खर्च जुटाउन आर्थिक सहयाेग गर्न अपिल गरेकी हुन् । रसुवाकाे “स्वास्थ र शिक्षित समाज निर्माण” अभियानका सामाजिक अभियन्ता नर्स प्रतिमाले दुवै किड्नीमा समस्या भएका सार्की छिरिङ थाेक्रा बचाऊ अभियान संचालन सुरू गरेकी हुन् ।

सार्की छिरिङ बचाउ अभियानमा लागेका यार्साका स्थानिय अभियन्ता सुरेश थाेक्रा र डिल्लरामले धेरै महिना पहिले देखि अभियान संचालन गरिरहेका थिए । उनै स्थानिय अभियन्ताहरूले नर्स प्रतिमालाई उपचारकाे लागि अभियान संचालन गरि सहयाेग गर्न अनुराेध गरे पछि रसुवा कै चर्चित सामाजिक अभियान्ता नर्स प्रतिमाले बिरामीलाई भेटेर वास्तविक अवस्था बुझेर आफुले अभियान संचालन गरेकाे बताइन् । साबिक यार्सा गा.वि.स. वडा नम्बर १, हाल नौकुण्ड गाँउपालिका वडा नम्बर – २ यार्सा बसाेबास गर्ने ४१ वर्षे सार्की छिरिङ्ग थोक्राकाे दुवै मृगौला फेल भएका छन् ।

बिरामीकाे दुवै मृगौला फेल भएकाे र त्यस्ताे अवस्थामा बिरामी भए पछि आफ्नै पत्नी पनि बिरामीकाे स्याहारसुसार र उपचार गर्नुकाे साट्टाे बिरामीलाई छाेडेर पाेईला गएकाे र आर्थिक रूपले निकै कमजाेर रहेका ४१ वर्षे सार्की छिरिङलाई बचाउन उनकाे उपचारकाे लागि आर्थिक सहयाेग गर्न सम्पूर्ण मनकारी महानुभावहरूमा नर्स प्रतिमाले अपिल गरेकी छन् । सार्की छिरिङ तामाङ पहिले पेशाले गाडी चालक थिए । त्यही पेशाबाट आफ्नाे परिवारकाे खर्च चलाउथे तर कामकाजी मान्छे अहिले बिरामी भए पछि परिवारकै अवस्था नाजुक बनेको छ । बिरामी अहिले नियमित रूपमा नेपाल मेडिकल हस्पिटलमा डाईलेशिस गरिरहेका छन् ।

अभियान्ता नर्स प्रतिमा भनेकी छिन् कि, तपाई हाम्राे सानाे सहयाेगले उहाँकाे अमुल्य जीवन बचाउन सकिन्छ भने किन नगर्ने ? साथै, नर्स प्रतिमाले फेसबुक स्ट्याटस हाल्दै सार्की छिरिङ थाेक्रालाई बचाउनकाे लागि काेही मनकारी महानुभावहरू सहयाेग गर्न चाहनुहुन्छ भने आफु र भुज्यूङ तमाङलाई सम्पर्क गर्न अनुराेध गरेकी छिन् । साथै उनले सहयाेग गरेकाे सबै पैसाकाे पारदर्शीताकाे साथ सबैकाे नाम र खर्च विवरण फेसबुकमा सबैलाई ट्याग गरेर पाेष्ट गर्ने र त्यी सहयाेग रकम बिरामीलाई हस्तान्तरण गरेकाे सबैले देख्ने गरी LIVE प्रदर्शन गर्ने पनि बताएकी छिन् । अभियन्ता नर्स प्रतिमाकाे विगतकाे धेरै राम्रा राम्रा कामहरूकाे मुल्यांकनकाे आधारमा विश्वास गरेर देश र विदेशबाट समेत सहयाेगहरू आइरहेकाे उनकाे फेसबुकमा दैनिक प्रकाशित स्टयाटसमा देखिन्छ ।

Latest news
Related news