इण्डियन आइडलमा एक एपिसोडकै ५ लाख लिन्छिन् नेहा, अन्य जज र होस्टले कति लिन्छन् ? - Khabar Nepali
  • सोमबार, असोज ११, २०७८

इण्डियन आइडलमा एक एपिसोडकै ५ लाख लिन्छिन् नेहा, अन्य जज र होस्टले कति लिन्छन् ?

लामो समयदेखि आम मानिसलाई मनोरञ्जन दिँदै आएको भारतकै चर्चित गायन रियालिटी शो हो इण्डियन आइडल । यस शोलाई धेरैले रुचाउने गर्छन् । शोमा उदितनारायण झाका छोरा अदित्य नारायण झाले होस्ट गर्दै आइरहेका छन् । यस कार्यक्रममा गायिका नेहा कक्कड, विशाल डडलानी र हिमेश रेशमिया जजको रुपमा रहेका छन् । धेरैको मनमा हुन सक्छ, इण्डियन आइडलका जज र होस्टले कति पारिश्रमिक लिन्छन् ।

भारतिय मिडियाका अनुसार यस शोमा सबैभन्दा बढी पारिश्रमिक गायिका नेहा कक्कडले लिने गर्छिन् । त्यसपछि अन्य दुई जज र होस्टल भने कम लिन्छन् । नेहाले एक एपिसोडको मात्र ५ लाख रूपैयाँ भारु लिने गरेको बताइएको छ ।

यस्तै विशाल डडलानीले ४.५ लाख रूपैयाँ भारु र हिमेश रेशमियाले ४ लाख रूपैयाँ भारु लिने गर्छन् । यस्तै होस्टमा रहेका अदित्यले भने २.५ लाख रुपैयाँ भारु लिने गरेको बताइएको छ ।

सम्बन्धित खवर