‘शिल्पासंग सम्बन्ध राम्रो छैन भन्दै मलाई चुम्मन गर्न थाले’ शर्लिन चोपडाले लगाइन् राजलाई गम्भिर आरोप - Khabar Nepali
  • मङ्गलबार, असोज १२, २०७८

‘शिल्पासंग सम्बन्ध राम्रो छैन भन्दै मलाई चुम्मन गर्न थाले’ शर्लिन चोपडाले लगाइन् राजलाई गम्भिर आरोप

अहिले अभिनेत्री शिल्पा सेट्टीका पति तथा ब्यापारी राज कुन्द्रा निकै चर्चामा छन्। चर्चाको कारण हो, अ श्ली ल भिडियो बनाएको आरोप। यसक्रममा प्रहरीले अनुसन्धान गर्दा धेरैजना कलाकारहरुको नाम आइरहेको छ र उनिहरुसँग अनुसन्धान भइरहेको छ। शर्लिन चोपडाको पनि यो अनुसन्धान नाम आइरहेको छ। उनिलाई प्रहरि महाशाखाले हाजिर हुन आग्रह गरेका थिए। मंगलवार बिहान ११ बजे प्रहरीमा हाजिर भएकी उनिले राज कुन्द्रा लाई निकै गम्भिर आरोप लगाएकी छन् ।

सन् २०१९ मार्च २७ मा भएको विजनेश मिटिङका क्रममा राजसंग बहस भएको उनले बताएकी छन् । त्यसपछि राज उनलाई जानकारी नदिएरै उनको घरमा पुगेको वयान प्रहरी समक्ष दिएकी छन् । विना जानकारी शर्लिनको घरमा पुगेका राजले उनलाई इच्छा बिपरित चुम्मन गर्न खोजेका थिए ।

केही नायीकाहरुले राजले आफुहरुलाई अ श्लि ल फिल्ममा काम गर्न बाध्य पारेको आरोप लगाइरहँदा शर्लिनले भने राजलाई इच्छा विपरित आफ्नो निकै नजिक आउन खोजेको पनि आरोप लगाएकी छन् । राजले शिल्पासंग आफ्नो सुमधुर सम्बन्ध नभएका कारण त ना वमा हुने गरेको बताउँदै शर्लिनसंग सम्बन्ध राख्न समेत चाहेको प्रहरी समक्ष बयानमा भनेकी छन् ।

शर्लिनले विवाहित राजसंग सम्बन्ध राख्न नचाहेको बताउँदा उनले आफ्नो सम्बन्ध शिल्पासंग राम्रो नभएको बताएका थिए । राजले आफूलाई शिल्पासँग सम्बन्ध समधुर नभएको र घरमा रहँदा धेरै समय त ना वमा रहनु परेको शर्लिनसंग भनेको वयानका क्रममा उनले बताएकी छन् ।

सम्बन्धित खवर