यि कुरामा नम्बर वान थिइन् शिल्पा शेट्टी, सबै चकित - Khabar Nepali
  • मङ्गलबार, असोज १२, २०७८

यि कुरामा नम्बर वान थिइन् शिल्पा शेट्टी, सबै चकित

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीको आज जन्मदिन परेका छ । १९७५ जुन ८ मा जन्मिएकी शिल्पा आजबाट ४६ वर्षमा लागेकी छिन् । उनी सानैदेखि अभिनयसँगै खेलमा पनि उत्तिकै रुची राख्ने गर्थिन् । उनी स्कुल पढदाको समयमा भलिबल टिमको कप्तान पनि बनेकी थिइन् । डान्स तालिम पनि लिएकी शिल्पाले कराँते पनि सिकेकी छिन् । उनी फिल्ममा आउनुअघि नै विज्ञापनमा छाएकी थिइन् ।

विज्ञापनपछि मात्र उनले फिल्ममा मौका पाएकी थिइन् । अभिनेता शाहरुख खानको फिल्म बाजिगरमार्फत बलिउडमा डेब्यु गरेकी उनले हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेकी छिन् ।

व्यापारी राज कुन्द्रासँग विवाह गरेकी शिल्पाका एक छोरा र एक छोरी छन् । पछिल्लो समय उनी योगामा धेरै नै ध्यान दिने गर्छिन् । सामाजिक सञ्जालमार्फत योगा र खानेकुराका रेसिपी बारे आफ्ना फ्यानहरुलाई सिकाएकी पनि छिन् ।

यो पनिः

पो र्नो ग्राफी घटनामा संलग्न बॉलिवुड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्राको बारेमा हरेक दिन नयाँ कुराको खुलासा भएको छ । राज कुन्द्राको विशेष वाट्सएप समूहसँग सम्बन्धित व्यक्ति अरविन्द श्रीवास्तवको बारेमा नयाँ कुरा खुलासा भएको छ । उनको बैंक खाता सरकारले सिज गरिदिएको छ ।

खातामा साढे ६ करोड रुपैया रहेको प्रहरीले जनाएको छ । समाचार एजेन्सी एएनआईका अनुसार, मुम्बई पुलिसको अ प रा ध शाखाले आरोपित अरविन्द श्रीवास्तव उर्फ ​​यश ठाकुरको बैंक खाता रोक्का गरिदिएको हो । प्रहरीले स्टेट बैंक अफ इण्डिया कानपुरमा अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्राको दुई स्टेट बैंक खाताहरू जफत गर्न निर्देशन दिएको थियो। एसबीआईका अधिकारीहरूले भनेका थिए कि यी दुई बैंक खातामा करोडौं रूपैयाँ जम्मा भएको थियो।

राज कुन्द्राले फेब्रुअरी २०१९ मा आर्म्स प्राइम मिडिया लिमिटेड नामको कम्पनी गठन गरेका थिए । यस समयमा हाँट्साँट्स नामको एप बनाए । अरविन्दले यो एप बनाउन सहयोग गरेका थिए । कुन्द्राको कम्पनी फ्लिज चलचित्रको कमाईको हिस्सा सीधा शहरको श्यामनगर निवासी अरविन्द कुमार श्रीवास्तवकी पत्नी हर्षिता श्रीवास्तवको खातामा आउँथ्यो।

सम्बन्धित खवर