एक्कासि झापाबाट हराएकी दुई युवती यसरी पुगे भारत, सावधान रहनुहोला - Khabar Nepali
  • मङ्गलबार, असोज १२, २०७८

एक्कासि झापाबाट हराएकी दुई युवती यसरी पुगे भारत, सावधान रहनुहोला

भारत विहारको छौडादानोबाट प्रहरीले दुई जना नेपाली चेलीको उ’द्धार गरी नेपाल फिर्ता ल्याएको छ । रोजगारको बाहानामा अ’वै’ध रुपमा भारत पुर्‍याइएकी झापा जिल्ला निवासी १६ वर्षीय र २० वर्षीय चेलीलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा जिल्ला प्रहरी कार्यालय पर्साले उद्धारगरी वीरगन्ज ल्याएको हो ।

दुई साता अगाडी झापाबाट हराएकी दुवै युवतीहरु छौं’डादानोमा रहेको सुचनाका आधारमा गत मंगलबार नेपाल प्रहरी तथा भारतीय सुरक्षाकर्मीको संयुक्त टोलीले कार्यवाही गरी यु’वतीको उद्धार गर्न सफल भएको पर्साका प्रहरी उपरिक्षक बेल बहादुर पाण्डले जानकारी दिनुभयो ।

उहाँले आरकेस्टामा काम लगाइ दिने ब’हानामा दुवै युवतीहरुलाई भारत पुर्‍याइएको र उक्त घटनामा संलग्न रहेका दुई जना युवतीलाई समेत हिजो वीरगन्जको इ’न्‌र्वाबाट नियन्त्रणमा लिइएको बताउनुभयो ।आ’रकेस्टामा काम गर्ने युवतीले राम्रो आम्दानी गर्ने गरेको झु’ठो कुरा सुनाई दुवै युवतीलाई भारत पुर्‍याउने झापाको विर्तामोड न.पा-९ निवासी २० वर्षीय लक्ष्मी दास र सुनसरीको इटहरी उपमहानगरपालिका-१२ निवासी १९ वर्षीय खुश्वु विश्वकर्मालाई आवस्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै युवतीहरुलाई हिजो पर्सा जिल्ला अदालतमा उपस्थित गराई मा’न’व बे’च’वि’ख’न तथा ओ’सा’र’प’सा’र मु’द्दामा आवस्यक अनुसन्धानका लागि ७ दिन म्याद बुझाएको प्रहरीले जनाएको छ । उ’द्धार गरिएका दुवै युवतीलाई माईती नेपाल पर्साको कार्यालयमा राखिएको र उनलाई चाँ’डै परिवार जनको जिम्मा लगाउने तयारी भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर