रोएका पूजा र आकाश मिलेर आए, भयो बिहेसम्मको कुरा (भिडियो) - Khabar Nepali
  • बिहिबार, साउन १४, २०७८

रोएका पूजा र आकाश मिलेर आए, भयो बिहेसम्मको कुरा (भिडियो)

नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ आफू अभिनित ‘धर्ती आकाश’ बोलको गीतको म्यूजिक भिडियो रिलिज कार्यक्रममा पुगे । कार्यक्रममा पूजा र आकाशको सम्बन्धमा फाटो आएको पनि स्पष्ट देखियो । हरेक कार्यक्रममा एकसाथ आउने, एकसाथ बस्ने र एकसाथ निस्कने यो जोडी कार्यक्रममा भने बोलचाल समेत गर्न अप्ठ्यारो मानिरहेको थियो ।

उक्त कार्यक्रममा सँगै भएरपनि पूजा र आकाश दुबैजना बोलेनन् । चलचित्र ‘रामकहानी’मा पूजाको रोजाइमा नायक बनेका थिए आकाश । यसपछि पूजा र आकाशको सम्बन्ध बलियो बन्यो । पूजा र आकाशको जोडीले ‘सम्हालिन्छ कहिले मन, पोई पर्यो काले, संझना विर्सना’ लगायतका चलचित्रमा अभिनय गरेको छ ।

यो अवधीमा पूजा र आकाशको सम्बन्ध यति बलियो बन्यो कि, उनीहरु एक अर्कासँग कहिले पनि अलग नहुने वाचा गर्न पछि परेनन् । बजारमा यी दुइको प्रेम चर्चाको खबर फैलियो । यी दुइले प्रेम भन्दा माथि आफूहरुको सम्बन्ध रहेको बताउँदै आएका थिए । उसो त, पूजा र आकाशको सम्बन्धमा फाटो यस अगाडि पनि नआएको होइन । तर, पहिले–पहिले एक महिना बोलचाल नगरेर पनि उनीहरु मिल्थे ।

शुक्रबार आयोजित कार्यक्रममा पूजाले भनिन्–‘जबसम्म पूजा शर्माको श्वास रहन्छ । तबसम्म आकाशसँगको सम्बन्ध बाँचिरहन्छ ।’ पूजाको यो अभिव्यक्तिले उनीहरुविचको मित्रता नटुट्ने बुझ्न सकिन्छ । ‘धर्ती आकाश’को भिडियो हेर्दै गर्दा पूजा शर्मा लामो समयसम्म रोइन् । आकाशले पनि आफू पुरुष भएर मात्र आँशु देखाउन नसकेको बताउँदै भन्नका लागि मनमा धेरै कुरा रहेको बताए ।

रजतपटका प्रकाश सुवेदीले संचालन गरेको एक राहत बाँड्ने कार्यक्रममा आकाश गएपछि पूजासँगको सम्बन्ध बिग्रिएको हो । सुवेदीसँग पूजा यसअघि नै क्रुद्ध छिन् । सुवेदीकै कारण आकाश र पूजाको सम्बन्धमा दरार देखिएको हो । तर पछिल्लो समय उनिहरू दुइजना सँगै देखिएका छन् । उनीहरूले एक युट्युव च्यानलमा एकसाथ देखिएका छन् ।

बाँकि यहाँ क्लिक गरेर भिडियो हेराैँ

सम्बन्धित खवर