शिल्पा सेट्टीका पति राजकुन्द्राले अति भयो भन्दै खुलाए पहिलो पत्नीसंग डिभोर्स गर्नुको रहस्य - Khabar Nepali
  • बिहिबार, साउन १४, २०७८

शिल्पा सेट्टीका पति राजकुन्द्राले अति भयो भन्दै खुलाए पहिलो पत्नीसंग डिभोर्स गर्नुको रहस्य

पछिल्लो समय राज कुन्द्रा र उनकी पुर्वपत्नी कबिताको एउटा भिडियो भाइरल भएको छ । यो भिडियोमा कबिताले बलिउड अभिनेत्री शिल्पा सेट्टीका कारण आफुसंग राजले डिर्भाेस गरेको आरोप लगाएकी छिन् ।

यो बिषयमा चुप रहेका राज कुन्द्राले भने शिल्पा माथि लगाइएको आरोप र डिर्भाेस हुनुको राज खोलेका छन् । आफु १२ बर्ष सम्म चुप लागेर बसेको र अब धेरै भएको भन्दै उनले सबै राज खोलेका हुन् । उनले आफु संग डिर्भाेस गरेपछि कबिताले आफ्नो आत्मा बेचेको आरोप लगाएका छन् ।

उनकी पत्नी कबिताले यो स्क्याण्डलका लागि न्युजपेपर संग ठुलो रकम लिएको राजको आरोप रहेको छ । उनले शिल्पाको कारण आफ्नो सम्बन्ध बिच्छेद भएको बताईरहदा राजले भने स्यंम कबिता नै सम्बन्ध तोडिनुको प्रमुख कारण रहेको बताए । उनले आफ्नी पुर्वपत्नी कबिताको अफेयरका बारेमा रहस्य खोलेका छन् ।

कबिताको बहिनीको पति संग उनको अफेयर चलेको उनले बताएका छन् । आफ्नो साढु भाई संग उनको अफेयर चलेको र सम्हाल्नै नसक्ने अवस्थामा आएपछि डिर्भाेस गर्नुपरेको उनले रहस्य खोलेका हुन् ।

सम्बन्धित खवर