पुष्पले किने यति लाखको कार, भने मेरो सपना पुरा भयो - Khabar Nepali
  • बिहिबार, साउन १४, २०७८

पुष्पले किने यति लाखको कार, भने मेरो सपना पुरा भयो

कलाकारिता गरेर पनि गाडी किन्न सकिन्छ भनेर गायक प्रकाश सपुतले केही महिना अघि नै प्रत्यक्ष रूपमा देखाइ सकेका छन् । उनी आँफैले पनि उक्त कुरा बताएका थिए । उनले भनेका सो भनाइ कति ले पत्याए भने कति हावादारी सङ्ख्या दिए । तर प्रकाशले दिएको सो प्रतिकृयालाई पनि अर्का कलाकार पुष्प खड्काले पनि सत्य साबित गरेर देखाएका छन् ।

उनले सोमबार सेतो रंगको ७० लाखमा क्रेटाको गाडी खरिद गरेका छन् । पुष्प खड्काले आफ्नो मिहिनेत र विश्वासले कार किन्न सफल भएको बताएका छन् ।साथै , मेरो सपना पुरा भएको छ । दर्शक र मेकरले रुचाइ दिनुभएको छ । उहाँहरूको विश्वासलाई कहिले पनि कम हुन दिन्नँ’ मिडियामा पुष्पले अभिव्यक्ति पनि दिएका छन् ।

फिल्म अझै पनि मार्फत ठुलो पर्दामा पाइला टेकेका पुष्पले हाल सम्म आउँदा दर्पण छायाँ २’, ‘मंगलम’, ‘मारुनी’, ‘दाल भात तरकारी’ जस्ता फिल्ममा अभिनय गरी सकेका छन् । उनले अभिनय गरेका ‘तिम्रो मेरो साथ, मनसँग मन, कृष्ण लीला’ प्रदर्शनको तयारीमा छ ।

सम्बन्धित खवर