‘द भ्वाइस अफ नेपाल’ बाट कोच दिपको टिममा रहेका जेनिश राई बाहिरिदा थामिएन प्रतिष्पर्धी देखि कोचहरुको आशु - Khabar Nepali
  • बिहिबार, साउन १४, २०७८

‘द भ्वाइस अफ नेपाल’ बाट कोच दिपको टिममा रहेका जेनिश राई बाहिरिदा थामिएन प्रतिष्पर्धी देखि कोचहरुको आशु

निक्कै सफल र चर्चित अन्तराष्ट्रिय फ़्रेन्चाइज गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजन सुरु भएको छ । यो सिजन ३ को प्रतिस्पर्धामा १ सय २० जना प्रतियोगीले भाग लिँदै छन् । कार्यक्रम निर्देशक लक्ष्मण पौडेलका अनुसार प्रतियोगिताको डिजिटल अडिसनमा ४० हजार जनाले आवेदन दिएका थिए । जसमध्यबाट छानिएका १ सय २० जनाले शो को ब्लाइन्ड अडिसनमा भाग लिन पाउने भएका छन् ।

ब्लाइन्ड अडिसनबाट हरेक कोचले छानेका १२÷१२ जना भाग्यमानी प्रतिस्पर्धीले ब्याटल राउन्डमा प्रतिस्पर्धा गर्नेछन् । यस सिजनमा भने एक जना कोच हेरफेर भएको छ । शो को कोचका रुपमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा अघिल्लो सिजन कै कोच निरन्तर रहेका छन् भने तृष्णा गुरुङ नया कोच आएकी छन। पुरा भिडियो यहाबाट हेर्नुहोस ।

यो पनि पढ्नुहोस्ः अस्पतालमा कम्पाउन्डरको रुपमा काम गरिरहेका एक युवकलाई अस्पताल संचालक महिला डाक्टरले जागिरबाट निकालिदिएपछि त्यही रिसमा उनले महिला डाक्टरलाई जबरजस्ती सिन्दूर हालिदिएका छन् ।

भारतीय मिडियाका अनुसार घटना बिहार राज्यको समस्तीपुरको हो । जिल्लाको दलसिंहसराय प्रखण्डकी प्रभारी चिकित्सा अधिकारीको सिउँदोमा उनकै कम्पाउन्डरले जबरजस्ती सिन्दुर हालिदिएर फोटो र भिडियो समेत भाइरल गराएका छन् । जानकारीका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रकी प्रभारी चिकित्सा अधिकारी अणिमा रंजनले नजिकै निजी अस्पताल पनि चलाउँछिन् । उनको अस्पतालमा बम्बइया गाउँमा सुमित कुमार कम्पाउन्डरका रुपमा काम गर्थे । केही दिनअघि महिला डाक्टरले उनलाई जागिरबाट निकालिदिएकी थिइन् । जागिर गएका कारण रिसाएका सुमितले बदला लिनको लागि यस्तो गरेका थिए ।

कम्पाउन्डर सुमितले महिला डाक्टरको कार्यकक्षमा पसेर सिन्दुर हालिदिएर फोटो र भिडियो बनाए । पीडित महिला चिकित्सकले सामाजिक संजालमार्फत कम्पाउन्डरविरुद्ध पुलिसमा उजुरी दर्ता गरेको बताएकी छिन् तर क्यामेराअगाडि कुनै बयान दिन अस्वीकार गरेकी छिन् । पुलिस एसपी मानवजित सिंह ढिल्लोले उजुरी दर्ता गरिएको पुष्टि गरेका छन् ।

सम्बन्धित खवर