जब ब्यस्त सडकबाट राजदूतकै जवान छोरीलाई उठाएर लगियो - Khabar Nepali
  • बिहिबार, साउन १४, २०७८

जब ब्यस्त सडकबाट राजदूतकै जवान छोरीलाई उठाएर लगियो

अफगानिस्तानमा अहिले तालिवानले धेरै इलाकाहरु आफ्नो पकडमा पारेको छ । अमेरीकी सेना गएसँगै तालिवानको शक्ति देखिएको हो । त्यसको बाछिटा पाकिस्तानसम्म आएको छ । पाकिस्तानले खुलेर यो बताएको छैन कि उ सरकारलाई समर्थन गरिरहेको छ कि तालिवानलाई । तर पाकिस्तानमा अफगान कुटनीतिज्ञकै छोरीलाई सडकबाटै उठाएर लगिएको घटनाको भने चारैतिर बिरोध भै रहेको छ ।

अफगानस्तानको परराष्ट्र मन्त्रालयका अनुसार पाकिस्तानका लागि अफगान राजदूत नजीबुल्लाह अलिखिलकी छोरी सिलसिला अलिखिललाई शुक्रबार घर फर्किरहेको बेला अ ज्ञा त व्यक्तिहरूले अ प ह र ण गरेका थिए ।

उनलाई घण्टासम्म घो र या त ना दिइएको थियो । अ प ह र ण मुक्त भएकी उनको अहिले उपचार भइरहेको छ । यस घटना लगत्तै भारतीय विदेश मन्त्रालयले आफ्ना कूटनीतिज्ञ र नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ। भारतीय सरकारी स्रोतहरूका अनुसार विशिष्ट कर्मचारीहरूलाई नियमित रूपमा सरकारले सचेत गराइरहेको छ ।

यता, अफगानले वाणिज्य दूतावासको सुरक्षाका साथै कूटनीतिज्ञ र उनीहरूका परिवारको सुरक्षा सुनिश्चित गर्न पाकिस्तान सरकारलाई आग्रह गरेको छ । साथै, घटनामा संलग्न व्यक्तिहरुलाई अन्तर्राष्ट्रिय सन्धि र सम्झौता अनुरुप तुरुन्त कारबाही गर्न आग्रह गरेको छ ।

भारतीय सरकारले पाकिस्तानमा रहेका कूटनीतिज्ञ र उनीहरूका परिवारलाई सतर्क रहन आग्रह गरेको छ । पाकिस्तानका लागि अफगान राजदूतकी छोरी अ प ह र ण मा परेपछि भारतले आफ्ना नागरिकलाई सचेत गराएको हो । प्रतिकात्मक फोटो

सम्बन्धित खवर