कलाकारहरू धमाधम भेट्न आउँदै,चिनेको मान्छे देख्नेबित्तिकै रु’न थाल्छिन्(भिडियो हेर्नुहोस) - Khabar Nepali
  • बिहिबार, साउन १४, २०७८

कलाकारहरू धमाधम भेट्न आउँदै,चिनेको मान्छे देख्नेबित्तिकै रु’न थाल्छिन्(भिडियो हेर्नुहोस)

पल्पसा डङ्गोल ‘चम्सुरी’ जो यतिबेला टिचिङ अस्पतालको बेडमा छ’ट’प’टाइरहेकी छिन्।आजभन्दा २५ वर्ष अगाडि कला क्षेत्रमा आउनुभएको पल्पसा डङ्गोल आज जीवनकै अन्तिम मोडबाट आम जनताबाट सहयोगको अपिल गरिरहेकी छिन्।हास्य टेलीफिल्म मेरी बास्सैबाट चर्चामा आएकी चम्सुरीको जीवन कहानी सुन्दै जिउ सिरिङ्ग हुन्छ।मेरी बास्सैमा कुञ्जना घिमिरेको आमाको भुमिका निर्वाह गरेकी चम्सुरीको दुई छोरीहरू छन्।

उनलाई भेट्न भनेर यतिबेला विभिन्न क्षेत्रका कलाकारहरू धमाधम अस्पतालमा पुगिरहेका छन्।कलाकार राता मकैसँग उनी भन्छिन्,मैले मेरो छोरीहरूलाई असर पर्छ भनेर मेरो रोग लुकाएँ।मलाई उपचारका लागि पैसा भन्दा पनि किड्नी नपाएर चाहिँ म’र्छु जस्तो लागिरहेको छ।कलाकारहरूले फोन गर्दा,भेट्न जाँदा उनी आफूलाई सम्हाल्न नसकेर डाँको छोडेर रु’न थाल्छिन्।सबैजना भावुक हुन्छन्।सबैले बचाउँछौँ भनेर आश्वासन दिइरहेका पनि छन्।

श्रीमान र श्रीमतीको सम्बन्ध राम्रो थिएन।विभिन्न कारणले श्रीमान र श्रीमतीको सम्बन्ध बि’ग्री’एपछी चम्सुरी दुई छोरीहरूको साथमा जीवन बिताउँछु भन्दै छोरीहरूकै सहारामा बस्न थालिन्।घरमा कमाएर खुवाउने कोहि थिएनन्। रातदिन संघर्ष गर्दै आएकी उनीले आफ्नी दुई छोरीहरू हुर्काउने,पढाउने र बढाउने गर्दै आइरहेकी थिइन् र यसैगरी चम्सुरीको जीवन अगाडि बढिरहेको थियो।

यसैबीच मेरी बास्सैबाट चम्सुरी चर्चामा आएपछि जीवन चलाउन केही सहज अवस्था बन्यो।दुनियाँलाई हँसाउने चम्सुरी आज जीवनकै अन्तिम घडीमा छिन्।पाँच वर्षदेखि मृ’गौ’लाको स’मस्या भोगिरहेकी चम्सुरीलाई दुई महिनादेखि अत्यन्तै गाह्रो भएको छ।चम्सुरीका दुईवटै मृगौला ड्या’मेज भएका छन्।चम्सुरी पहिले जस्तो हँसिलो र फूर्तिलो पनि छैनन् अहिले।अस्पतालको बेडमा अचेत अवस्थामा सुतिरहेकि चम्सुरीका आँखाहरू आँ’शुले टिलपिल टिलपिल भएका छन्।

चम्सुरीले बोलेका हरेक शब्दहरूले उनलाई भेट्न आउने कोहि पनि नरोइ बस्नै सक्दैनन्।उनी भन्छिन्,”अब म बाँ’च्दिन,मेरी छोरीहरूको के हालत होला,मलाई त अब बाँ’च्ने आ’श नै हराइसक्यो। छोरीहरूका लागि संघर्ष गर्दागर्दै मेरो दुइटै कि’ड्नी ख’राब भएको मैले पत्तै पाइन।पाँच वर्षदेखि उपचार त गराइराखेको थिएँ तर अब उपचार गर्न सारै गाह्रो हुँदै छ।मलाई बचाउने को होला र यो दुनियाँमा ?

सम्बन्धित खवर