देउवाले आज लिने विश्वासको मत, यसरी पुग्दैछ उनको तर्फमा विश्वासको मत (तथ्यांक सहित) - Khabar Nepali
  • शनिबार, असोज ३०, २०७८

देउवाले आज लिने विश्वासको मत, यसरी पुग्दैछ उनको तर्फमा विश्वासको मत (तथ्यांक सहित)

प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभालाई पुनःस्थापना गरेपछि पहिलो बैठक आज अपरान्ह ४ बजे बस्दैछ । संसद सचिवालय स्रोतका अनुसार आजको बैठक दुई चरणमा बस्नेछ । पहिलो चरणको कार्यसूची सम्पन्न भएपछि दोस्रो चरणमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने गरी तयारी गरिएको छ ।

सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । बालुवाटार स्राेतका अनुसार विश्वासको मत लिने प्रस्ताव कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कार्यव्यवस्था समितिको बैठकमा लिएर जाँदैछन् । बैठकले प्रस्तावलाई बैठकमा टेबुल गर्ने निर्णय गरे आज नै प्रधानमन्त्री देउवाले विश्वासको मत लिनेछन् । केही बेरमा कार्यव्यवस्था समितिको बैठक बस्दैछ ।

के पुग्ला त देउवाको पक्षमा विश्वासको मत ? : अहिलेसम्मको राजनीतिक अवस्थाका आधारमा विश्वासको मतमा देखिने संख्या यस्तो छ । जहाँ, जम्मा सांसद संख्या -> २६४ । बहुमतका लागि चाहिने -> १३३ । कांग्रेस र माओवादी -> ६३+४८ = १११ । जसपा -> ३२ (यसमा कम्तिमा १६ जना यादवसमूहमा) जसपाका १६ जनाले देउवालाई मत दिदा देउवाको पक्षमा -> १२७ । विश्वासको मतका लागि थप आवश्यक ६ जना सांसद हुन् । नेपाल पक्षका २३ जनाको हस्ताक्षर देउवापक्षमा रहेकाले देउवाले विश्वासको मत पाउने सम्भावना अधिक छ ।

तर पानी जस्ता नेता भएकाले कहिले कुन भाँडोमा भरिदिएर कुन आकारमा राखिदिन्छ भन्न सकिन्न । अनि यी सबै कुरा बन्द कोठामा हुने भएकाले झन् केहि पनि भन्न सकिन्न । पार्टीगत सांसद संख्याहरु प्रतिनिधी सभाको वेबसाइटबाट लिएका हुन् ।

सम्बन्धित खवर